मुख्य समाचार
रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारे
रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारे

। तत्कालीन नेकपा (माओवादी) आधार क्षेत्र रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारेको छ ।

विगतमा अर्थमन्त्री समेत बनेका नेकपाका नेता पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थशास्त्रीलाई नै अघि सारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण, स्थानीय अर्थतन्त्र लगायतमा दख्खलता राख्छन् । बेइजिङबाट पीएचडी सकेका वलीसँग संघ र प्रदेश सरकारसँग मिलेर काम गरेको अनुभव छ ।

३४ वर्षीय उम्मेवार वलीले युवा तथा खेलकुद मन्त्रालयमा नीति विज्ञको रुपमा काम गरिसकेका छन् । सिंचाई मन्त्रालयमा सल्लाहकारका रुपमा काम गरेको अनुभव पनि उनीसाग छ ।

लुम्बिनीको प्रदेश योजना आयोगको सदस्यका रुपमा उनले दुई वर्ष बढी काम गरे । उनी कांग्रेसको निति प्रशिक्षण तथा अनुसन्धान विभाग सदस्य समेत हुन् ।

संघीय सरकारको राष्ट्रिय खेलकुद र पर्यटन नीतिको मस्यौदा गरेको अनुभवले पनि विधायिकी भूमिकामा जान इच्छा जागेको वलीले चुनावी प्रचारमा बताउँदै आएका छन् । उनी भन्छन्, ‘भावनामा बग्ने भन्दा पनि जसको भूमिका जे हो त्यही भूमिका निर्वाह गर्न जानुपर्दछ । नीति निर्माणका लागि मस्यौदा बनाउने कार्यमा मैले काम गरिरहेको हुँदा संघीय संसदमा जान खोजेको हुँ ।’

नेकपा नेता पुनसँग एमालेबाट पूर्वपोलिटब्यूरो सदस्य गोकुल प्रसाद घर्ती चुनावी प्रतिस्पर्धी छन् । ५२ वर्षीय घर्ती विद्यार्थी संगठन हुँदै माउ पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् । २०४६ सालमा अनेरास्ववियुको सदस्य बनेका उनी २०६३ सालमा उक्त संगठनको महासचिव बनेका थिए ।

अध्ययन/अनुसन्धानको क्षेत्रमा समेत अनुभव रहेका घर्तीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन सकेका छन् । उनी संविधान सभा सदस्य समेत हुन् ।



विघटित प्रतिनिधि सभाको चौथो शक्ति रास्वपाले यसपटक रोल्पामा उम्मेदवारी दिएको छ । राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका ३८ वर्षीय बालराम थापालाई रास्वपाले उम्मेदवार बनाएको छ । गत निर्वाचनमा रोल्पामा समानुपातिक तर्फ रास्वपाले १९०४ मत सहित चौथो शक्ति बनेको थियो ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव रोल्पाबाट उम्मेदवारका लागि एकल सिफारिस भएपनि प्रतिस्पर्धा गर्नबाट पछि हटेका छन् । उम्मेदवारको मनोनयन दर्ता हुने दिन (माघ ६ गते) चुनावमा सहभागी नहुने उनले निर्णय लिएका थिए । उम्मेदवार नहुनुको कारण ‘पार्टीको विचार तथा परिस्थितिको संवेदनशीलता’ लाई देखाएका थिए । चुनावमा आफू प्रतिस्पर्धी नबने पनि आफनो दलबाट उम्मेदवार हुने जानकारी गराएका थिए । तर, निर्वाचन आयोगका अनुसार उनको दल नेकपाबाट गुलाब चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छैनन् ।

विगतको नतिजाले नेकपालाई अनुकूल

२०६४ सालदेखि नतिजाको आधारमा विश्लेषण गर्दा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) शक्तिशाली देखिन्छ । २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका निर्वाचनमा लगातार माओवादीका उम्मदेवारले जित्दै आएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले मतान्तरमा तुलनात्मक सुधार गरेपनि परिणाम निकाल्न सक्ने गरी अघि बढ्न भने सकेन ।

नेकपाले यसपटक पनि शीर्ष तहका नेतालाई नै प्रतिस्पर्धामा उतारेको छ । तत्कालीन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन यसपटक पनि रोल्पाको चुनावी मैदानमा छन् । गत निर्वाचनमा पुनले फराकिलो मतान्तरले अर्को उम्मेदवारलाई पछि पारेका थिए । रोल्पामा दोस्रो शक्तिका रुपमा रहेको कांग्रेससँग चुनावी गठबन्धन गरेर उम्मेदवार बनेका पुनले २०७९ सालको निर्वाचनमा ४१ हजार ७१४ मत प्राप्त गरेका थिए । एमालेबाट उम्मेदवार बनेका पूर्ण बुढामगरलाई अत्यधिक मतले पुनले पछि पारेको थिए । एमालेका उम्मदेवार बुढामगरले १६ हजार ४८५ मत पाउँदा तेस्रो स्थानमा राप्रपाको मत थियो ।

समानुपातिकतर्फ पनि अघिल्लोपटक माओवादी केन्द्रले अन्य दललाई उछिनेको थियो । माओवादी केन्द्रले समानुपातिकमा २८ हजार १५९ मत सहित पहिलो हुँदा कांग्रेसको पक्षमा १५ हजार ७० र एमालेले ११ हजार ८५७ मत पाएको थियो ।



गत स्थानीय तहको निर्वाचनको आधारमा पनि तत्कालीन माओवादी केन्द्र पहिलो दल बनेको थियो । १० स्थानीय तह रहेको रोल्पामा त्यसबेला माओवादी केन्द्रले ७ पालिका जितेको थियो । कांग्रेसले दुई र एमालेका उम्मेदवारले एक पालिकामा जितेको थियो । स्थानीय तह चुनावमा माओवादीले जितेका पालिकाहरुमा रोल्पा, माडी, परिवर्तन, लुङग्री, सुनछहरी, सुनिल स्मृति र थवाङ छन् । रुन्टीगढी र गंगादेवमा कांग्रेसले जितेको छ भने एमालेका उम्मेदवारले त्रिवेणीमा जितेका थिए ।

प्रदेशतर्फको नजिताका आधारमा पनि माओवादी अघि छ । कांग्रेसका लुम्बिनी सभापति अमरसिंह पुनलाई गठबन्धन गर्दा एक प्रदेश सभा छुट्याएपनि माओवादी केन्द्रका विद्रोही उम्मेदवारले जिते ।

माओवादी केन्द्रबाट रोल्पा प्रदेश सभा (क) मा जोखबहादुर महरा जित्दा गठबन्धनबाट कांग्रेसका लुम्बिनी सभापति पुनले निर्वाचित हुन सकेनन् । माओवादी केन्द्रबाट विद्राही उम्मेदवार दीपेन्द्र पुनले प्रदेश सभातर्फ रोल्पा (ख) मा जिते । कांग्रेसबाट उठेका पुनले दोस्रो स्थानको मत पाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो । मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज ...
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...