मुख्य समाचार
गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह
गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह

। गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’




निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झन्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।

त्यसैगरी मुलुकी अपराधसंहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झन्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झन्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र सो को उल्लङ्घन भएमा सजायको व्यवस्थासमेत गरिएको छ ।

नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झन्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन ‘राष्ट्रिय झन्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको छ । राष्ट्रिय झन्डाको आकार, प्रयोग, प्रयोग गर्ने विधि, राष्ट्रिय झन्डा फहराउने विधि एवम् राष्ट्रिय झन्डाको प्रयोगमा निषेध सहितका प्रावधानहरु रहेका छन् ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र यस कार्यविधिबमोजिम राष्ट्रिय झन्डाको प्रयोग भए/नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने प्रावधान छ ।

मन्त्रालयले भनेको छ, ‘राष्ट्रिय झन्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झन्डा उल्टो (चन्द्रमा तल पर्नेगरी) राख्न, राष्ट्रिय झन्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झन्डाको दुरूपयोग गर्न, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झन्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्नेगरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री-बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतिक-चित्र राख्न, फहराउने प्रकृतिको कार्यबाहेक अन्यत्र राष्ट्रिय झन्डाको प्रयोग गर्न निषेध गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण-पूर्वी एसियाको प्रमुख पर्यटन स्रोत बजार थाइल्यान्डमा नेपालको पर्यटन प्रवर्द्धन सशक्त बनाइएको छ । नेपाल पर्यटन बोर्डले बैंककमा सम्पन्न ३१औं ‘थाई इन्टरनेसनल ट्राभल फेयर (टीआईटीएफ) २०२६’ मा सफल सहभागिता जनाएको बताएको छ । जहाँ नेपाली पर्यटनका विविधता र सम्भावना देखाइएको थियो । २२ देखि २५ जनवरीसम्म क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा आयोजित चार दिने पर्यटन मेलामा ...
। धनकुटामा निर्वाचन आचारसंहित उल्लंघन गर्ने एमाले उम्मेदवार राजेन्द्र कुमार राई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ । पूर्वमन्त्री समेत रहेका राईले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । राईले मतादातालाई प्रभावित गर्ने गरी धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ सफाइटारकी ४५ वर्षिया तीर्थकुमारी राईलाई गत शुक्रबार गाउँमै पुगेर नगदसहित ...
। रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोमबार (आज) नेपालगञ्ज पुगेका छन् । झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडका जिल्लाहरू घुमेर शनिबार काठमाडौं फर्किएका थिए । काठमाडौंमा उनले हिजो (आइतबार) दिनभर राजनीतिक भेटघाट गरेका थिए । त्यसपछि उनी आज सुदूरपश्चिमतर्फ लागेका हुन् । सचिवालयका अनुसार, उनी बाँके, बर्दिया लगायतका क्षेत्र हुँदै सुदूरपश्चिम जाने कार्यतालिका ...
। अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् । भन्सार प्रशासन जति वास्तविकतामा आधारित भयो उति नै राजस्वका क्षेत्रहरु परदर्शी बन्दै जाने बताएका हुन् । पछिल्लो सयम भन्सार प्रशासनमा ग्याट मूल्यांकनलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने काम भएको भन्दै यो भन्सार प्रशासनका लागि ठूलो सुधार भएको उनको भनाइ छ । सोमबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा ...
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा डोटीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारहरुको मुख्य एजेण्डा थियो सुदूरपश्चिम प्रदेशको राजधानी डोटीको दिपायल बनाउने, तर भएन ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम