मुख्य समाचार
भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ
भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ

। भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ। तीमध्ये एक जना अमेरिका र एक जना चिनियाँ नागरिक छन्।

पक्राउ परेका चिनियाँ नागरिक काठमाडौंको पकनाजोल, ठमेलमा फेमेली पिस होटलमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको पाइएको छ । सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र त्यसपछि पटक-पटक गरी १३ पटक व्यावसायिक भिसा लिएको पनि अनुसन्धानमा खुलेको छ ।


उनले नेपालमा विभिन्न ६ वटा होटेल/व्यावसायिक कम्पनीहरु स्थापना गरेको पाइएको छ । व्यवसायिक भिसा लिने प्रयोजनको लागि मात्र कम्पनी स्थापना गर्ने गरेको तर लगानी र कारोबार भएको पनि देखिएको छैन ।

उनले यान सपिङ होटल एण्ड रेस्टुरेन्ट प्रालि, होल विथ रेस्टुरेन्ट यान, झोँङविन इन्टरनेशनल कार्गो कम्पनी, मोय यीङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फर्मेसन टेक्नोलोजी र शाव जिअसुन होटल विथ रेस्टुरेन्ट दर्ता गरेको पाइएको छ ।

उनले पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बसी विगत ४ वर्षदेखि विभिन्न विद्यालयहरुमा अध्यापन लगायतका कार्यहरु गर्दै आएको पनि अध्यागमनको अनुसन्धानमा खुलेको छ । पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने व्यवस्था छ ।

त्यस्तै अमेरिकी नागरिक पनि सन् २०१७ मा पहिलोपटक नेपाल प्रवेश गरेको, बीचमा फर्किएको र सन् २०२० पुनः नेपाल प्रवेश गरी हालसम्म नेपालमै रहेको पाइएको छ ।

उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि स्थापना गरेको त र ठेनामा भने ललितपुरको सैंबु उल्लेख गरेको पाइएको छ ।

त्यस्तै उनले ललितपुरको गोदावरी नगरपालिकामा घर भाडामा लिई गैर कानुनी रुपमा बालगृह सञ्चालन गरेको पनि पाइएको छ । बालगृहसम्बन्धी आधिकारीक बोर्ड नभएको, उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना वालिकाहरुलाई आश्रय दिएर राखेको र क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराउने गरेको प्रारम्भित्र अनुसन्धानमा खुलेको छ । उनले उक्त बालगृहको भवनको भित्ताहरुमा क्रिश्चियन धर्मसम्बन्धी सन्देश पेन्ट गरिएको पनि अध्यागमनका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

नेपालमा बस्ने प्रयोजनका लागि मात्र पटक पटक अध्ययन र व्यावसायिक भिसा लिएर बसेको पनि पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षामा कमी कमजोरी हुन नदिन मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई निर्देशन दिने क्रममा महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन आग्रह गरे । महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तीव्र रुपमा कार्यान्वयन गर्दै भयरहित ...
। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच पछिल्लो राजनीतिक परिस्थिति , चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ । त्यसक्रममा मन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा शान्ती सूरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ...
। सरकारले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार, सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र ...
। दक्षिण-पूर्वी एसियाको प्रमुख पर्यटन स्रोत बजार थाइल्यान्डमा नेपालको पर्यटन प्रवर्द्धन सशक्त बनाइएको छ । नेपाल पर्यटन बोर्डले बैंककमा सम्पन्न ३१औं ‘थाई इन्टरनेसनल ट्राभल फेयर (टीआईटीएफ) २०२६’ मा सफल सहभागिता जनाएको बताएको छ । जहाँ नेपाली पर्यटनका विविधता र सम्भावना देखाइएको थियो । २२ देखि २५ जनवरीसम्म क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा आयोजित चार दिने पर्यटन मेलामा ...
। धनकुटामा निर्वाचन आचारसंहित उल्लंघन गर्ने एमाले उम्मेदवार राजेन्द्र कुमार राई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ । पूर्वमन्त्री समेत रहेका राईले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । राईले मतादातालाई प्रभावित गर्ने गरी धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ सफाइटारकी ४५ वर्षिया तीर्थकुमारी राईलाई गत शुक्रबार गाउँमै पुगेर नगदसहित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम