मुख्य समाचार
टीआईटीएफ २०२६ : नेपाली पर्यटन व्यवसायमा नयाँ अवसर
टीआईटीएफ २०२६ : नेपाली पर्यटन व्यवसायमा नयाँ अवसर

। दक्षिण-पूर्वी एसियाको प्रमुख पर्यटन स्रोत बजार थाइल्यान्डमा नेपालको पर्यटन प्रवर्द्धन सशक्त बनाइएको छ ।

नेपाल पर्यटन बोर्डले बैंककमा सम्पन्न ३१औं ‘थाई इन्टरनेसनल ट्राभल फेयर (टीआईटीएफ) २०२६’ मा सफल सहभागिता जनाएको बताएको छ । जहाँ नेपाली पर्यटनका विविधता र सम्भावना देखाइएको थियो ।

२२ देखि २५ जनवरीसम्म क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा आयोजित चार दिने पर्यटन मेलामा बोर्डले नेपाल एयरलाइन्स तथा नेपालका ११ ट्राभल तथा ट्रेकिङ कम्पनीसँग मिलेर ‘नेपाल प्याभिलियन’ मार्फत पर्यटन प्रवर्द्धन गरेको हो ।

मेलामा सहभागी कम्पनीले साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी पर्यटन उत्पादनबारे प्रत्यक्ष जानकारी दिएका थिए । थाइल्यान्ड र नेपालबीचको दैनिक प्रत्यक्ष उडान तथा साप्ताहिक २० भन्दा बढी हवाई सेवाले दुई देशबीचको पर्यटन आदान–प्रदानलाई सहज बनाएको छ ।

यही हवाई पहुँचले थाई बजारमा नेपालको पर्यटनप्रति चासो बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बोर्डको भनाइ छ ।

मेलामा लुम्बिनी, हिमाली क्षेत्र, सम्पदा सहर, पदमार्ग, साहसिक तथा आध्यात्मिक यात्रा उत्पादनले थाई पर्यटकहरूलाई आकर्षित गरेको थियो ।

पर्यटन व्यवसायीसँग प्रत्यक्ष संवाद मार्फत सम्भावित यात्रुलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने अवसर मेलाले प्रदान गरेको बोर्डले जनाएको छ । पर्यटन प्रवर्द्धनसँगै टीआईटीएफ २०२६ व्यवसाय–देखि–व्यवसाय (बीटुबी) नेटवर्किङका लागि पनि प्रभावकारी प्ल्याटफर्म बनेको थियो ।

सहभागी नेपाली कम्पनीले थाई ट्राभल ट्रेड, टुर अपरेटर तथा सञ्चारमाध्यमका प्रतिनिधिसँग भेटघाट गर्दै नयाँ व्यावसायिक सम्बन्ध स्थापना र भविष्यका सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए ।

टीआईटीएफ २०२६ मा नेपालको उपस्थितिले थाई बजारमा नेपालको पर्यटन छविलाई थप मजबुत बनाएको, दीर्घकालीन पर्यटन वृद्धिका लागि साझेदारी सुदृढ गरेको र दक्षिण–पूर्वी एसियामा नेपालको गन्तव्य पहिचानलाई नयाँ उचाइमा पुर्‍याउन भूमिका खेलेको बोर्डको विश्‍वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका उनले सोमबार साँझ जानकी मन्दिरमा पूजाआजा गरेका हुन् । जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । त्यस्तै शाहका समर्थकहरू पनि मन्दिर परिसरमै पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
। वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर सर्बिया पठाउने भन्दै २ लाख ५० हजार ठगी गरेको आरोपमा समातिएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद ...
। दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । महावु गाउँपालिका–५ कुटीमा सोमबार दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल ...
। चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ छतिवन घर भएका २५ वर्षीय ब्रिजन तामाङ र सोही ठाउँका २३ वर्षीय युनिक तामाङ छन् । उनीहरुलाई आइतबार ललितपुरको बागमती गाउँपालिका–३ कान्तिलोकपथबाट प्रहरी चौकी भट्टेडाँडाको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकल नरोकी उनीहरु फरार भएका थिए । त्यसपछि ...
। बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ । अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिजनेस भिसामा नेपाल आए पनि कुनै कुनै व्यापार, व्यवसाय नगरी बसोबास गर्दै आएको खुलेको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिकले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम