। सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षामा कमी कमजोरी हुन नदिन मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई निर्देशन दिने क्रममा महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन आग्रह गरे ।
महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तीव्र रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।
कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्का कारबाही गर्ने बताउँदै उनले उच्च मनोवलकासाथ काम गर्न निर्देशन दिए ।
कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतहरूलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिदा बदमासी र नराम्रो काम गरेमा तत्कालै कारबाही गरिने समेत चेतावनी उनले दिएका छन् ।
महानिरीक्षक अर्यालले राजश्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।