मुख्य समाचार
दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् ।

कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ ।


उनले यो जानकारी सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ मार्फत् दिएका छन् ।

ट्रम्पले यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ भनेका छन् । कुनै देशले अमेरिकी सामानमा बढी आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि त्यस देशबाट आउने वस्तुमा बढी आयात शुल्क अर्थात् ट्यारिफ लगाउने नीति नै ‘रेसिप्रोकल ट्यारिफ’ हो ।


दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौतामा ‘ठीकसँग कार्यान्वयन नगरेको’ आरोप लगाउँदै ट्रम्पले ट्यारिफ वृद्धिको घोषणा गरेका हुन् ।

ट्रम्पका अनुसार दक्षिण कोरियाको संसदले उक्त सम्झौतामा अनुमोदन दिन ढिलाइ गरेको छ । अमेरिकाले भने सम्झौताअनुसार आफ्ना ट्यारिफ छिटो घटाइसकेको ट्रम्पको भनाइ छ ।

यता, दक्षिण कोरियाले भने ट्यारिफ बढाउने अमेरिकी निर्णयबारे आफूलाई कुनै आधिकारिक जानकारी नआएको जनाएको छ ।

साथै, यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्नुपर्ने धारणा दक्षिण कोरियाको रहेको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाबाट अमेरिकाले मुख्यत: औद्योगिक र उच्च प्रविधिका सामान आयात गर्छ । खासगरी कार र अटो पार्ट्स (हुन्डाई, किआजस्ता ब्रान्डका गाडी र त्यसका पार्ट्स)हरु प्रमुख छन् ।

साथै सेमिकन्डक्टर (चिप), मोबाइल फोन, टिभी, डिस्प्ले प्यानल, भारी मेसिन, प्लास्टिक, रासायनिक कच्चा पदार्थ, स्टिल शीट, पाइप, अन्य धातुजन्य सामग्री, केही औषधि, मेडिकल टेक्नोलोजीका उपकरण, जहाज तथा समुद्री उपकरण, लिथियम ब्याट्री र इलेक्ट्रिक गाडीका कम्पोनेन्टहरु अमेरिकाले दक्षिण कोरियाबाट आयात गर्ने प्रमुख सामानमा पर्दछन् ।

यी क्षेत्रमा ट्यारिफ बढ्दा दुवै देशका उद्योग र उपभोक्तामा प्रत्यक्ष असर पर्न सक्ने आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताएका छन् । पीसीजीले एमरवी त्रिशा केस्र्टिन– ३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापु तर्फ जादै गर्दा डुबेको पुष्टि ...
मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा चार जना विद्यार्थीको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार विज्ञप्ति मार्फत जनाएको छ । विद्यार्थीहरूले आफ्नो कोठा तताउन परम्परागत स्टोभमा कोइला प्रयोग गरिरहेको अवस्थामा विषाक्त ग्यास कोठा भित्र जम्मा भएर उनीहरूको मृत्यु भएको विज्ञप्तिमा भनिएको छ । पीडितहरू राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि प्रान्तको ...
। शनिबार बिहान इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको पश्चिम बान्डुङ रिजेन्सीअन्तर्गत पर्ने सिसारुआ जिल्लामा एउटा ठूलो पहिरो गएको छ। बिहानैदेखि परेको अविरल र भीषण वर्षाका कारण माउन्ट बुराङराङको भिरालो जमिनबाट खसेको पहिरोले पासिरलाङ्गु र बावाकान सिबुदाह गाउँका कम्तीमा ३४ घर पुरेको हो। सोमबारसम्मको आधिकारिक तथ्याङ्क अनुसार, मृत्यु हुनेको संख्या कम्तीमा २५ पुगेको छ भने करिब ७२ जना ...
। अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी) ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् । नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब ...
। बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द नगरिए फेब्रुअरी १ देखि देशभरका मिलहरू बन्द गर्ने घोषणा गरेका छन्। सञ्चारमाध्यमहरूका अनुसार, बङ्गलादेशको वाणिज्य मन्त्रालयले राष्ट्रिय राजस्व बोर्डलाई आयातित धागोमा दिइँदै आएको भन्सार छुट सुविधा खारेज गर्न सिफारिस गरेको छ। मिल मालिकहरूले भारतबाट आउने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम