। क्रान्तिकारी कम्युनिस्ट पार्टी (नेकपा) नेपालको कारबाहीमा परेका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दैछन् । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
प्रचण्डको सचिवालयका अनुसार आज मोहन वैद्य नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादी र चुरे भावर पार्टीका नेता–कार्यकर्ताहरुलाई पार्टी प्रवेश कार्यक्रम छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो साढे १ बजे हुने कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य भीम चापागाइँ, बालकृष्ण वलीसहित १५ जना नेकपामा प्रवेश गर्दैछन् ।
यसैगरी विप्लव नेतृत्वको नेकपाका केही केन्द्रीय सदस्यहरु तथा चुरे भावर पार्टी समेत नेकपामा समाहित हुने प्रचण्डको सचिवालयले जनाएको छ ।