मुख्य समाचार
आफू मधेशको बेटा बन्नका लागि चुनाव लड्न आएको बताए
आफू मधेशको बेटा बन्नका लागि चुनाव लड्न आएको बताए

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका लागि चुनाव लड्न आएको बताएका छन् । यसअघि काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ मा उम्मेदवार बनेका छन् ।

आजबाट चुनावी अभियान सुरु गरेका थापाले एक कार्यक्रममा भने, ‘म यहाँ नेता होइन, बेटा बन्न आएको हुँ ।’


सर्लाही आइपुगेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सँग भेटघाट गर्दै आफ्नो राजनीतिक यात्रा सेवा र संवादमै केन्द्रित रहने बताए। धनकौल गाउँपालिका–२ मा आयोजित कोणसभामा उनले आफू फोटो खिचाउन वा हात हल्लाउन मात्रै नभई जनताको सेवक बनेर काम गर्न आएको बताए ।

मधेसलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न नसकिने धारणा राख्दै थापाले दिवंगत नेता प्रदीप गिरिको संगतबाट मधेस बुझ्ने अवसर पाएको बताए ।


कार्यक्रममा बोल्दै उनले मधेसका विद्यालयहरूमा गणित, विज्ञान र अंग्रेजी विषय कमजोर रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिमा आधारित र प्रतिस्पर्धी शिक्षा प्रणाली विकास गरिने उनले बताए। युवाहरू रोजगारीका लागि बाध्य भएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्नु आफ्नो मुख्य लक्ष्य रहेको थापाको भनाइ थियो।

थापाले सर्लाही–४ का जनताले सानो–सानो कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न क्षेत्रमै स्थायी सम्पर्क कार्यालय स्थापना गरिने घोषणा पनि गरे। सांसद भनेको शासक होइन, सेवक हो भन्ने मान्यतामा आफू दृढ रहेको बताउँदै जनताको गुनासो सुन्ने र समस्या समाधान गर्ने व्यवस्थित संयन्त्र बनाइने उनले बताए।

पार्टी कार्यकर्ता तथा स्थानीयसँगको भेटमा थापाले आफू नेता भएर होइन, सर्लाहीको बेटा बन्न आएको भावनात्मक अभिव्यक्ति दिए। मधेस आन्दोलनका शहीदहरूको सम्मान र युवाहरूको भविष्य निर्माणलाई आफ्नो राजनीतिक अभियानको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सर्लाही–४ बाटै परिवर्तनको थालनी हुने विश्वास समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानमा नेपाली प्रशिक्षार्थी कामदार पठाउँदा झेल्नुपर्ने झन्झटिलो प्रक्रिया खारेज गर्नेसम्बन्धी प्रस्ताव १ महिनादेखि गायव पारिएको छ। जापानले भिसा दिँदा पनि कामदारलाई अनावश्यक परीक्षा पार गर्नुपर्ने र थप शुल्क लिनेसम्बन्धी निर्देशिका खारेजीको प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पुगेको थियो। गत पुस ११ गते बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त निर्देशिका खारेज गर्नेबारे छलफल ...
: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेक रेस्क्यु प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी छन्। पक्राउ परेका जयराम र विवेक माउन्टेन रेस्क्यु सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति ...
: गृह मन्त्रालयले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाइएमा कारबाही गरिने जनाएको छ। मन्त्रालय आज विज्ञप्ति जारी गरेर निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा उल्लेख भएको प्रावधान उल्लंघन गरेको पाइएमा कारबाही हुने जनाएको हो। उक्त बुँदामा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली ...
। खाडी मुलुक साउदी अरबसँग कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौता भएको छ । आइतबार राति नेपाल र साउदीबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । साउदीको रियादमा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्य सहित श्रमिक भर्नासम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा ...
। त्रिभुव विश्वविद्यालय (त्रिवि) को केन्द्रीय कार्यालयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ। त्रिविअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायका विभिन्न विभागहरूमा शुल्क समायोजन गर्न माग अखिल क्रान्तिकारीले गरेको तालाबन्दी त्रिवि प्रशासनले सहमतिबेगर ताला खुलाएको थियो। सहमतिविना ताला खोलेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले सोमबार साँझ त्रिविको केन्द्रीय कार्यालयमा मसाल जुलुस गरेको हो । उनीहरूले त्रिविका उपकुलपति, रेक्टर, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम