मुख्य समाचार
राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण

: राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरूले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।


राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासेले निष्पक्ष निर्वाचनमा जोड दिँदै बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने बताइन्। उनले निर्वाचनपछि बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्ने धारणा राखिन्।


त्यस्तै राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेकको विकल्प नरहेको भन्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले संविधानलाई सही ट्रयाकमा ल्याउन तोकिएको समयमा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए। राजनीतिक दललाई दोषको भागी बनाएर जनतामा भ्रमित गर्ने कोसिस भइरहेको भन्दै उनले आपत्ति जनाए।

त्यस्तै अन्य राष्ट्रियसभा सदस्यहरूले पनि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गरेका थिए भने संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको वार्षिक प्रतिवेदन पेस गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक माघ १४ गते बुधबार बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो। चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारको मोबाइल जफत गरेको हो। सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएको ३ महिना नपुग्दै पुन: आवेदन दर्ता गरी लिखित परीक्षामा सहभागी गराएको सूचनाको आधारमा अख्तियारको टोलीले छापा ...
: आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ। सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्। निरिक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई ...
: विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्राविधिक परीक्षणका लागि विज्ञ टोली समूहसमेत गठन गरेका छन्। 'आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए नभएको परीक्षणको लागि विशेष अदालत नियमावली, ...
: नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीलाई निष्कृय गर्न निर्देशन दिएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्कृय गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको जनाएको हो। कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले छोटो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम