मुख्य समाचार
भारतको पश्चिम बंगालमा प्राणघातक रोग निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै पूर्वी नेपालको सीमा उच्च सतर्कता
भारतको पश्चिम बंगालमा प्राणघातक रोग निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै पूर्वी नेपालको सीमा उच्च सतर्कता

: छिमेकी राष्ट्र भारतको पश्चिम बंगालमा प्राणघातक रोग निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै पूर्वी नेपालको सीमा उच्च सतर्कता अपनाइएको छ। कोशी सरकारको स्वास्थ्य मन्त्रालयले पूर्वी नेपालको मोरङको रानी, झापाको काँकडभिट्टा, भद्रपुर र इलामको पशुपतिनगर सीमा नाकामा पूर्वतयारीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


सोही बमोजिम स्वास्थ्य कार्यालय झापाले निपाह भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा लागि जिल्ला प्रशासन कार्यालय झापामा आइतबार छलफल गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षमा बसेको बैठकले जिल्लाका सीमा नाका काँकडभिट्टा र भद्रपुरमा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेको छ।


सोही हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले भारतबाट नेपाल प्रवेश गर्ने शङ्कास्पद व्यक्तिहरूको स्क्रिनिङ गरी ज्वरो नाप्ने वा अन्य लक्षण देखिएमा त्यस्ता बिरामीहरूलाई सुरक्षित साथ आफ्नो घरमा पठाउने तथा जटिल समस्या देखिएमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा पठाउने निर्णय भएको प्रजिअ गेलालले बताए। साथै निपाह भाइरस संक्रमण बारे सचेतना मूलक कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य कार्यालय र स्थानीय पालिकाहरूलाई जानकारी गराइसकेको उनले बताए।




पश्चिम बंगालको नर्थ चौबिस परगना र बेलाघाटमा एक साताभित्र पाँच जना स्वास्थ्यकर्मीमा निपाह भाइरसको संक्रमण देखा परेको छ। नर्थ चौबिस परगनामा एक पुरुष र एक महिला नर्समा यो संक्रमण देखा परेको हो। उनीहरू दुवै जना त्यहीको बारासात हस्पिटलको आइसियुमा भर्ना छन्। बेलाघाटमा एक डाक्टर, एक नर्स र एक स्वास्थ्यकर्मीमा संक्रमण देखा परेकोले करिब १०० भन्दा बढी व्यक्तिलाई होम क्वारेनटाइन गरिएको छ। संक्रमण फैलिन नदिन पश्चिम बंगाल सरकारले राज्यभर उच्च सतर्कता अपनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

पश्चिम बंगालमा निपाह भाइरस देखा परेसँगै काँकडभिट्टा–पानीटंकी सीमा नाकामा हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ। मेचीनगर नगरपालिका र स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा सीमा क्षेत्रमा चेतनामूलक फ्ल्याक्स बोर्ड राखेका छन्। निपाह भाइरस कसरी फैलिन्छ ? मानिसबाट मानिसमा कसरी सर्ने ? आफूलाई कसरी सुरक्षित राख्ने ? वा समयमै पहिचान र रोकथामले जीवन बचाउनेलगायतका चेतनामूलक सन्देश बोर्डमा राखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए।

भद्रपुर सीमा नाकामा हेल्थ डेस्क स्थापना गर्नुका साथै चेतनामूलक फ्ल्याक्स बोर्ड राखिने भद्रपुरका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए। सीमा नाकामा निपाह भाइरसको लक्षण देखा परेका बिरामीहरूका लागि अस्पतालमा छुट्टै बेड तत्काल नरहेको र त्यस्ता बिरामीहरूको लागि पुरानो भवनमा आइसोलेसन बनाउनु पर्ने अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले बताए। यसको लागि आवश्यक जनशक्ति पनि चाहिने उनको भनाई छ। निपाह भाइरस मानिस र जनावर दुवैमा सर्ने अत्यन्तै खतरनाक रोग हो। यसले विशेषगरी मस्तिष्कको सुजन र गम्भीर श्वासप्रश्वास समस्या गराउन सक्छ।

यो संक्रमण फलफूल खाने चमेरा, संक्रमित सुँगुर वा अन्य जनावरबाट, संक्रमित व्यक्तिसँग नजिक सम्पर्क गरेमा र चमेराले खाएको/दूषित फल वा काँचो खजुरको रसबाट सर्छ। यो रोग लाग्ने लक्षणहरू ज्वरो आउनु, टाउको दुख्नु, बान्ता, चक्कर, सास फेर्न गाह्रो र अत्यधिक अवस्थामा होस गुम्ने, दौरा, कोमा जाने हुन सक्छ। यो रोगको हालसम्म खोप वा अन्य कुनै प्रकारको औषधि उपचार नभएको स्वास्थ्य कार्यालयका युवनाथ बरालले जानकारी दिए। यसको स्वाब जाँचको नमुना पनि काठमाडौँ पठाउनु पर्ने हुन्छ। नेपालमा अहिलेसम्म निपाह भाइरसका पुष्टि भएका संक्रमित व्यक्ति नभेटिएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो। चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारको मोबाइल जफत गरेको हो। सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएको ३ महिना नपुग्दै पुन: आवेदन दर्ता गरी लिखित परीक्षामा सहभागी गराएको सूचनाको आधारमा अख्तियारको टोलीले छापा ...
: आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ। सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्। निरिक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई ...
: विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्राविधिक परीक्षणका लागि विज्ञ टोली समूहसमेत गठन गरेका छन्। 'आपूर्ति भई जडान भएको भनिएको प्रणाली तथा सामग्रीहरूको गुणस्तर तथा मापदण्ड सम्झौता बमोजिम भए नभएको परीक्षणको लागि विशेष अदालत नियमावली, ...
: नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीलाई निष्कृय गर्न निर्देशन दिएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्कृय गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको जनाएको हो। कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले छोटो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम