मुख्य समाचार
बंगलादेशको अन्तरिम सरकारले चटगाउँको मिरसराईमा प्रस्तावित भारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने घोषणा
बंगलादेशको अन्तरिम सरकारले चटगाउँको मिरसराईमा प्रस्तावित भारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने घोषणा

: बंगलादेशको अन्तरिम सरकारले चटगाउँको मिरसराईमा प्रस्तावित भारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने घोषणा गरेको छ। अब भारतीय आर्थिक क्षेत्रको सट्टा रक्षा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरिएको छ।

बीबीसी बंगलाका अनुसार बंगलादेश आर्थिक क्षेत्र प्राधिकरण (बेजा) का कार्यकारी अध्यक्ष चौधरी आशिक महमुद बिन हारुनले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। समाचार एजेन्सी बीएसएसका अनुसार पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकारका प्रेस सचिव शफिकुल आलम पनि उपस्थित थिए।


सोमबार ढाकाको तेजगाउँस्थित प्रमुख सल्लाहकारको कार्यालयमा भएको BEZA गभर्निङ बोर्डको बैठकले उक्त निर्णय गरेको हो। बैठकको अध्यक्षता अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले गरेका थिए।




बेजाका कार्यकारी अध्यक्ष चौधरी आशिक महमूदले मिरसराईमा भारतको प्रस्तावित भारतीय आर्थिक क्षेत्रको लागि ठूलो क्षेत्रफल जग्गा छुट्याइएको बताए। त्यो परियोजना रद्द भएपछि नयाँ रक्षा औद्योगिक पार्कको लागि जग्गा प्रयोग गर्ने निर्णय समेत भएको छ।

हालैका विश्वव्यापी द्वन्द्वहरूलाई उद्धृत गर्दै चौधरी आशिक महमूदले कहिलेकाहीं आधुनिक लडाकु विमानहरूको अभावले मात्रै नभइ गोला बारुद वा ट्याङ्कको एक्सल जस्ता आधारभूत उपकरणहरूको अभावले ठूला संकटहरू निम्त्याउने गरेको बताए। उनले घरेलु रूपमा यस्ता उपकरणहरू उत्पादन गर्ने क्षमता विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम