मुख्य समाचार
निर्माण भइरहेको २२ मेघावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाले स्थानीयको माग सम्बोधन नगरेको भन्दै माग पूरा गर्न एक साताको समयसीमासहितको ध्यानाकर्षण पत्र बुझाएका छन्
निर्माण भइरहेको २२ मेघावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाले स्थानीयको माग सम्बोधन नगरेको भन्दै माग पूरा गर्न एक साताको समयसीमासहितको ध्यानाकर्षण पत्र बुझाएका छन्

: सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण भइरहेको २२ मेघावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाले स्थानीयको माग सम्बोधन नगरेको भन्दै माग पूरा गर्न एक साताको समयसीमासहितको ध्यानाकर्षण पत्र बुझाएका छन्।


आयोजना निर्माण गर्दा स्थानीयलाई सामाजिक उत्तरदायित्वको कार्यमा नसमेटिएको भन्दै प्रभावित क्षेत्र चौतारा साँगाचोकगढी नगरपालिका– ४ का स्थानीयले आयोजनालाई ध्यानाकर्षण गराएका हुन्। उनीहरूले आयोजनालाई ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनको समयसीमा दिएका छन्।


आयोजनाले प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधारलगायतका काममा ध्यान नदिई आयोजना निर्माण गरेको भन्दै स्थानीयले वडा कार्यालयमार्फत आयोजनालाई सातदिने ध्यानाकर्षण पत्र बुझाएको स्थानीय युवा रमेश श्रेष्ठले बताए। ‘हामीले व्यक्तिगत मागेका होइनौं, स्थानीयलाई र समाजमा आवश्यक पर्ने साझा कार्यक्रमलाई आयोजनाले सामाजिक उत्तरदात्यिव वहन गर्न भनेका हौं,’ उनले भने, ‘स्थानीयको माग बेवास्ता गर्दा आयोजनालाई नै घाटा बेहोर्नुपर्ने हुन्छ।’




श्रेष्ठले आयोजना बनाउँदा सम्झौता भएबमोजिम काम गर्नुपर्ने बताए। ‘हामी प्रभावित क्षेत्रमा पर्छौं, हामीले वडा कार्यालयलाई स्थानीयको साझा आवाजलाई सम्बोधन गराउनका लागि पनि अनुरोध गरेका छौं,’ उनले भने, ‘स्थानीयको आवाज नसुन्ने हो भने हामी एक सातापछि चरणबद्ध आन्दोलनमा जानेछौं।’

आयोजना निर्माण गर्दा स्थानीयलाई १० प्रतिशत सेयर दिने भनिए पनि अहिले आयोजनाले उक्त सम्झौतालाई बेवास्ता गर्दै आएको स्थानीयको आरोप छ।आयोजनाको जिओलोजिस्ट इन्जिनियर सुमन तुम्बाहाम्फेले स्थानीयको ध्यानाकर्षण पत्र बुझ्दै समस्या समाधानका लागि आयोजनाको बोर्डमा कुरा राख्ने बताए। ‘हामी पनि स्थानीयलाई टाढा बनाएर काम गर्न चाहँदैनौं,’ उनले भने, ‘समस्या सुल्झाउनका लागि आयोजना सञ्चालन समितिलाई यो पत्र बुझाउँदै आवश्यक समन्वय गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बर्दियाको बाँसगढी नगरपालिका-५ पुरानो गोल्डेन फ्युचर स्कूल नजिकै बबई सिँचाइ नहरको दक्षिण किनारातर्फ लागुऔषध ब्राउन सुगर कारोबार भइरहेको आरोपमा प्रहरीले २ जना भारतीय युवालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ। बिहीबार राति करिब पौने ८ बजे लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत इलाका प्रहरी कार्यालय मोतिपुरको ...
: भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा दाङमा जनप्रतिनिधि र कर्माचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख ...
: राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो। चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारको मोबाइल जफत गरेको हो। सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएको ३ महिना नपुग्दै पुन: आवेदन दर्ता गरी लिखित परीक्षामा सहभागी गराएको सूचनाको आधारमा अख्तियारको टोलीले छापा ...
: आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ। सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्। निरिक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम