मुख्य समाचार
नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग
नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या भएको भन्दै नगद कारोबारको सीमा बढाउन आग्रह गरे। बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले केही असर परेको उनको भनाइ छ।


उनले अहिले आर्थिक नीतिहरू पुनरावलोकन गर्ने सही नेतृत्व र सही समय भएको बताए। अध्यक्ष ढकालले भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनुभन्दा स्वदेश उत्पादन र उद्यमशीलता प्रवर्द्धन नीतिमा ध्यान दिनुपर्ने उल्लेख गरे।


त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या सिर्जना गरेको बताए। उनले भन्सार क्षेत्रलाई थप प्रविधिमैत्री र एकद्वार प्रणाली कार्यान्वयन गर्न सुझाव दिए। विद्यमान भन्सार ऐनमा रहेका दण्ड-जरिवानासम्बन्धी व्यवस्था अव्यवहारिक रहेकाले पुर्नविचार गर्न उनले सुझाव दिए।

नेपालमा भन्सारका दरहरू समायोजन गर्दै प्रतिस्पर्धी बजारहरूको निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दाङको पहिचान बन्दै बधिया भाले, फस्टाउँदै व्यापार
। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन आचारसंहिताका कारण नेपाल निर्माण व्यवसायी महासंघको निर्धारित २६औं साधारणसभा तथा निर्वाचन स्थगित भएको छ । महासंघले १५ देखि १७ माघमा साधारणसभा तथा १३औं अधिवेशन आयोजना गरेको थियो । तर, निर्वाचन आयोगले पत्र पठाउँदै निर्वाचन आचारसंहिता लागु भएको स्मरण गराइ साधारणसभा स्थगित गर्न भनेको हो । सोही अनुसार महासंघको पूर्वनिर्धारित कार्यक्रम ...
। नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् । विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको बताउँदै वर्तमान सरकारलाई नीतिगत सुधार गर्न सहज हुने बताए । आज अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विगतमा नीतिगत निर्णय गर्न मन्त्रीलाई विषयगत जानकारी समेत नहुने गर्दा अलमलमा समेत पर्ने ...
— वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या चालु आर्थिक वर्षको ६ महिनामा एक लाख १९ हजार ५७६ पुगेको छ । निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार यो अवधिमा ७२ हजार ५०८ स्वदेशी, ३९ हजार ७९३ विदेशी र सार्क राष्ट्रका ७ हजार २७५ ले निकुञ्ज घुमेका ...
— कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघले भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा भइरहेको अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। संघकाअनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा अन्य सप्लायर्सले अमेरिकाबाट उच्चगुणस्तरको कोइला खरिद गरी भारतको हल्दिया पोर्ट (बन्दरगाह) हुँदै नेपाल भित्र्याउने क्रममा बाटोमै कोइला अदलबदल गर्ने, ट्रकको सिल तोडफोड गरी नक्कली (डुप्लिकेट) ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम