मुख्य समाचार
कोशीका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित पाँचजना पक्राउ
कोशीका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित पाँचजना पक्राउ

: कोशी प्रदेशका विभिन्न जिल्लामा लागुऔषधको अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले अभियान तीव्र पारेको छ। सुनसरी, उदयपुर र धनकुटा जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।


सुनसरी जिल्लामा लागुऔषध कारोबार बढ्दै गएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले माघ ११ गते धरान–१७ बाट निर बहादुर दर्जी र किरण मगरलाई लागुऔषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले बताएका छन्।


अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले उनीहरूको साथबाट १८० मिलिग्राम ब्राउन सुगर र ११९ पिस प्रतिबन्धित औषधी बरामद गरेको उनले बताए। इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–१९ बाट अविनाश चौधरीलाई ४३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनी लागुऔषधको सञ्जालसँग जोडिएको आशंका गरिएको छ।


उदयपुर जिल्लामा पनि लागुऔषध विरुद्धको निगरानी कडा बनाइएको छ। प्रहरी चौकी लालपत्ताबाट खटिएको गस्ती टोलीले त्रियुगा नगरपालिका–११ का सविन राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथमा रहेको बा ९५ प ६२९१ नम्बरको मोटरसाइकलबाट १५० एम्पुल प्रतिबन्धित औषधी फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए।

धनकुटा जिल्लामा भने ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले सहिदभूमि गाउँपालिका–५ का रोहन राइलाई १३ किलो ४०० ग्राम लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ।

पक्राउ परेकाहरुलाई सम्बन्धित प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। लागुऔषधको बढ्दो दुर्व्यसन र अवैध कारोबार समाजका लागि गम्भीर चुनौती बन्दै गएको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि निरन्तर अभियान जारी राख्ने सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बर्दियाको बाँसगढी नगरपालिका-५ पुरानो गोल्डेन फ्युचर स्कूल नजिकै बबई सिँचाइ नहरको दक्षिण किनारातर्फ लागुऔषध ब्राउन सुगर कारोबार भइरहेको आरोपमा प्रहरीले २ जना भारतीय युवालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ। बिहीबार राति करिब पौने ८ बजे लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत इलाका प्रहरी कार्यालय मोतिपुरको ...
: भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा दाङमा जनप्रतिनिधि र कर्माचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख ...
: राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो। चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारको मोबाइल जफत गरेको हो। सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएको ३ महिना नपुग्दै पुन: आवेदन दर्ता गरी लिखित परीक्षामा सहभागी गराएको सूचनाको आधारमा अख्तियारको टोलीले छापा ...
: आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ। सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्। निरिक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम