: निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहलाई स्पष्टीकरण सोधेको छ। सोही क्षेत्रमा उम्मेदवार रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो।
ओलीले पब्लिक डिबेटमा आउन आह्वन गरेको फेसबुक स्टाटसमा 'हत्यारा, आतंककारी'शब्द प्रयोग गरी बालेनले कमेन्ट गरेका थिए। त्यसबाट निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को खण्ड (ठ)को प्रतिकूल हुन्छ कि हुँदैन भनेर स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ।
रास्वपाबाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका बालेन चुनावी अभियानमा जुटेका छन्। चुनावी अभियानकै क्रममा उनी आज सुदूरपश्चिमको कैलाली पुगेका छन्।