मुख्य समाचार
बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया
बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया

: बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया जनाएको छ। मन्त्रालयले भारतले उनलाई यस्तो बयान दिन अनुमति दिइएकोमा 'आश्चर्य र निराश' व्यक्त गरेको छ।

मन्त्रालयले उनको यस्तो अभिव्यक्ति बंगलादेशको 'लोकतन्त्र र सुरक्षाका लागि खतरा' भएको निष्कर्ष निकालेको छ। अवामी लिग शेख हसिनाको पार्टी हो जसलाई बंगलादेशमा हुने आम चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ।


बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ,'बंगलादेशको अन्तरिम सरकारलाई अपदस्थ गर्ने र आगामी चुनावलाई बाधा पुर्‍याउने उद्देश्यले अवामी लिग समर्थकहरूलाई हिंसात्मक गतिविधिहरूमा उक्साउने यस्ता अभिव्यक्तिहरू आश्चर्यजनक छन्। मानवता विरुद्धको अपराधमा दोषी ठहरिएकी र फरार शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक रूपमा बोल्ने अवसर दिइनु बंगलादेश सरकारको लागि निराशाको विषय हो।'


गत शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित 'बंगलादेशमा लोकतन्त्र बचाउ ' शीर्षकको सेमिनारमा हसिनाको रेकर्ड गरिएको अडिएको भाषण बजाइएको थियो। त्यो कार्यक्रममाअवामी लिगले पाँच बुँदे मागअघि सारेको थियो। जसमा संयुक्त राष्ट्र संघलाई गत वर्षका घटनाहरूको 'निष्पक्ष अनुसन्धान' गर्न आमन्त्रित गरिनुपर्ने माग प्रमुख थियो।

हसिनाको यो अडियो सन्देश बजाइएको कार्यक्रम दक्षिण एसियाको विदेशी संवाददाता क्लबले आयोजना गरेको बीबीसीमा समाचार छ । बंगलादेशमा राष्ट्रिय चुनावअघि अवामी लिगका नेताहरूले दिल्लीमा दुईवटा पत्रकार सम्मेलन गरेका छन्।

बारम्बार अनुरोध गर्दा पनि भारतले हसिनालाई बंगलादेश फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ। मन्त्रालयले यसलाई दुई देशबीचको सम्बन्धमा असहज परिस्थिति सिर्जना गर्ने कदमका रुपमा व्याख्या गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'दुई देशहरू बीचको विद्यमान द्विपक्षीय सुपुर्दगी सन्धि अन्तर्गत बारम्बार अनुरोध गर्दा पनि भारतले शेख हसिनालाई बंगलादेशलाई सुम्पेको छैन,जसले गर्दा बंगलादेशमा आक्रोश फैलिएको छ।'

गत वर्ष नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको थियो।

दुवैजना हाल भारतमा बस्दै आएका छन्। शेख हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहराइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...