मुख्य समाचार
बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया
बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया

: बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया जनाएको छ। मन्त्रालयले भारतले उनलाई यस्तो बयान दिन अनुमति दिइएकोमा 'आश्चर्य र निराश' व्यक्त गरेको छ।

मन्त्रालयले उनको यस्तो अभिव्यक्ति बंगलादेशको 'लोकतन्त्र र सुरक्षाका लागि खतरा' भएको निष्कर्ष निकालेको छ। अवामी लिग शेख हसिनाको पार्टी हो जसलाई बंगलादेशमा हुने आम चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ।


बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ,'बंगलादेशको अन्तरिम सरकारलाई अपदस्थ गर्ने र आगामी चुनावलाई बाधा पुर्‍याउने उद्देश्यले अवामी लिग समर्थकहरूलाई हिंसात्मक गतिविधिहरूमा उक्साउने यस्ता अभिव्यक्तिहरू आश्चर्यजनक छन्। मानवता विरुद्धको अपराधमा दोषी ठहरिएकी र फरार शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक रूपमा बोल्ने अवसर दिइनु बंगलादेश सरकारको लागि निराशाको विषय हो।'


गत शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित 'बंगलादेशमा लोकतन्त्र बचाउ ' शीर्षकको सेमिनारमा हसिनाको रेकर्ड गरिएको अडिएको भाषण बजाइएको थियो। त्यो कार्यक्रममाअवामी लिगले पाँच बुँदे मागअघि सारेको थियो। जसमा संयुक्त राष्ट्र संघलाई गत वर्षका घटनाहरूको 'निष्पक्ष अनुसन्धान' गर्न आमन्त्रित गरिनुपर्ने माग प्रमुख थियो।

हसिनाको यो अडियो सन्देश बजाइएको कार्यक्रम दक्षिण एसियाको विदेशी संवाददाता क्लबले आयोजना गरेको बीबीसीमा समाचार छ । बंगलादेशमा राष्ट्रिय चुनावअघि अवामी लिगका नेताहरूले दिल्लीमा दुईवटा पत्रकार सम्मेलन गरेका छन्।

बारम्बार अनुरोध गर्दा पनि भारतले हसिनालाई बंगलादेश फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ। मन्त्रालयले यसलाई दुई देशबीचको सम्बन्धमा असहज परिस्थिति सिर्जना गर्ने कदमका रुपमा व्याख्या गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'दुई देशहरू बीचको विद्यमान द्विपक्षीय सुपुर्दगी सन्धि अन्तर्गत बारम्बार अनुरोध गर्दा पनि भारतले शेख हसिनालाई बंगलादेशलाई सुम्पेको छैन,जसले गर्दा बंगलादेशमा आक्रोश फैलिएको छ।'

गत वर्ष नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको थियो।

दुवैजना हाल भारतमा बस्दै आएका छन्। शेख हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहराइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम