मुख्य समाचार
विदेशी प्रशिक्षक पाएर उत्साहित नेपाली महिला टिम, क्रिजमा भने चलेन
विदेशी प्रशिक्षक पाएर उत्साहित नेपाली महिला टिम, क्रिजमा भने चलेन

: नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने सपना सकियो। आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफार्यसको समूह बी अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदा नेपालले अगाडिको चरणमा खेल्ने सम्भावना सकिएको हो।

यो प्रतियोगिता नेपाली महिला क्रिकेट टिमले खेलेको आइसीसीको सबैभन्दा ठूलो प्रतियोगिता थियो। यही प्रतियोगिताबाट नेपालले घरेलु मैदानबाट विश्वकपको मैदानमा पुग्ने सपना लिएको थियो। तर, घरेलु टिम नेपाल समूह चरणबाटै बाहिरियो। यो प्रतियोगिताको नजिता नेपालको पक्षमा नरहे पनि केही सकरात्मक पक्ष यो प्रतियोगिताले नेपाली महिला क्रिकेटमा ल्याएको छ। जसमा ओपनर ब्याटरले देखाएको सम्भावना, युवा खेलाडीमा भरिएको आत्मविश्वास, पुराना खेलाडीमा आएको जोस र नयाँ प्रशिक्षकको रणनीति सकारात्मक पक्ष रह्यो।


नेपालको फितलो ब्याटिङ

नेपाली महिला क्रिकेट टिमको पुरानो रोग हो, ब्याटिङ कोल्याप्स। यो प्रतियोगिताको ४ खेलमध्ये २ खेलमा नेपालको ब्याटिङ कोल्याप्स भयो। २ खेलमा ओपनिङका २ ब्याटर चले, पछिल्लो २ खेलमा ओपनरले पनि राम्रो खेल्न सकेनन्। मध्यमक्रम चलेको १ खेलमा नेपालले जित पनि निकाल्यो। अन्तिम खेलमा नेपालले पुरानै शैलीको ब्याटिङ देखायो। कप्तान, उपकप्तान, पूर्वकप्तानदेखि पूर्वउपकप्तानसम्म ब्याटिङको समस्या स्वीकार गर्छन्। पहिलो खेलमा हार व्यहोरेपछि कप्तान इन्दु बर्माले आफ्नो र पूजा महतोले जिम्मेवारी पूरा गर्न नसकेको बताएकी थिइन्। ‘हामीले मध्यक्रममा सम्हालिएर खेल्नुपर्ने थियो,’ उनले भनिन्।
पूर्वकप्तान रहेकी अनुभवी ब्याटर रुबिना पनि मध्यक्रममा छिटो छिटो विकेट पतन हुनु टिमको हारको कारण रहेको बताइन्। ‘जसरी ओपनिङमा साझेदारी बन्यो, त्यसरी मध्यक्रममा विकेट छिटो पतन भयो,’ नेदरल्यान्ड्ससँग २ रनले पराजित भएपछि रुबिनाले भनेकी थिइन्। अनुभवी ब्याटर रुबिनाले पनि १ खेलमा भन्दा अन्य खेलमा महत्वपूर्ण पारी खेल्न सकिनन्।

तेस्रो खेलमा नेपालले जिम्बावेलाई हरायो। यो खेलमा मध्यक्रममा कप्तान र उपकप्तान पूजाको राम्रो साझेदारी देखियो। पूजाले टी-२० अन्तर्राष्ट्रिय तेस्रो अर्धशतक पूरा गर्दै नेपाललाई जिताइन्।

यो प्रतियोगिताबाट नेपालका दुई अनुभवी ब्याटरले १ हजार टी-२० अन्तर्राष्ट्रिय रनको कोशेढुंगा पूरा गरे। रुबिना क्षेत्रीले न्युजिलयन्डसँगको खेलमा ३७ रनको अविजित पारीसहित १ हजार रन पूरा गरिन्। सीता राना मगरले जिम्बावेसँगको खेलमा ११ रन प्रहार गर्दै रिटायर हर्ट भएकी थिइन्। उनले यो खेलमा ११ रन हान्दै १ हजार रन पूरा गरिन्।

ब्याटिङमा नेपालको लागि सबैभन्दा सकरात्मक पक्ष ओपनर रहे। यो प्रतियोगिताबाट सम्झना खड्का र विन्दु रावलको ओपनिङ जोडी जम्यो। यी दुईले ओपनिङमा राम्रो सम्भावना देखाए। यी दुवैले पावरप्लेको सदुपयोग गर्न सिकेको देखियो। ठूलो पारी खेल्ने प्रयास यी दुई ब्याटरले गरेको पाइयो। ब्याटिङमा पूजाले १ खेलमा राम्रो खेल प्रदर्शन गरिन्। रुबिना क्षेत्री र सीता राना मगर यी पाँच जना ब्याटरको वरपर नै यो प्रतियोगिताको ४ खेल निर्भर रह्यो।

बलिङमा मध्यम प्रदर्शन
नेपाली महिला क्रिकेट टिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन दिन सकेन। तेस्रो र चौथो खेलमा नेपालको बलिङ मध्यम रह्यो। समूह चरणको खेलमध्ये अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको थियो। नेपालले जिम्बावेलाई १२९ मा रोक्यो। जसमा नेपालले बलिङमा देखाएको अनुशासन हो। जिम्बावेले नेपालको पिचमा खुलेर ब्याटिङ गर्न सकेन। जिम्बावे यो प्रतियोगिता अवधिभर सबैभन्दा कमजोर टिम देखियो। समूह बी मा जितविहीन बनेको जिम्बावेबाट नै नेपालले २ अंक जोडेको थियो।

अन्तिम खेलमा नेपालले अघिल्लो १० ओभर अनुशासित बलिङ गर्‍यो तर त्यसपछि भने फिल्डिङमा गल्तीदेखि विकेटमा पनि स्कटल्यान्डले खुलेर खेल्यो। पहिलो पावरप्लेमा अन्तिम खेलमा प्लेइङ ११ मा मौका बनाएकी बायाँ हाते स्पिनर मनिसा उपाध्यायले राम्रो प्रदर्शन गरिन्। उनले पावरप्लेमा ३ विकेट लिँदै स्कटल्यान्डलाई ब्याकफुटमा धकेलेकी थिइन्। तर, त्यसपछि भने नेपालको बलिङ र फिल्डिङमा गल्तीहरू धेरै भए। अन्तिम खेलमा हार व्यहोरेपछि टिमकी सबैभन्दा अनुभवी खेलाडी सीता राना भन्छिन्, ‘हामीले पछिल्लो १० ओभरमा डटबल खेलाउन सकेनौं। एकै ओभरमा २-३ वटा बाउन्ड्री दियौं,’ सीताले भनिन्।

नेपालको बलिङमा युवा खेलाडी दायाँ हाते लेगब्रेक स्पिनर रिया शर्माले सम्भावना देखाइन्। उनले चारै खेलमा मध्यम प्रदर्शन देखाइन्। बलिङमा पनि पूजा महतो, सीता राना मगर र रुबिना क्षेत्रीकै वरपर खेल रह्यो। सीता राना मगर यो प्रतियोगिताका लागि बलरको भूमिकामा थिइन्। उनले भनिन्, ‘यो प्रतियोगितामा मलाई प्रशिक्षकले बलरको भूमिका दिनुभएको थियो। मैले बलिङमा राम्रै प्रदर्शन गरेको जस्तो लाग्छ,’ सीताले अन्तिम खेलमा हार व्यहोरेपछि पत्रकारसँगको कुराकानीमा भनिन्। उनले थपिन्, ‘बलरको भूमिका थियो भन्दैमा ब्याटिङ चटक्कै छोड्ने भन्न खोजेको चाहिँ होइन।’

प्रशिक्षक हर्षलले ल्याएको ‘हर्ष’
१९ वर्षसम्म एसियन क्षेत्र छनोटमा रुमल्लिएको नेपाली टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रशिक्षक पयो। भारतीय मूलका प्रशिक्षक हर्षल पाठकले छोटो समयमा नै नेपाली महिला टिममा परिवर्तन ल्याएका छन्। खेलाडीहरू पनि उनको आगमनमा निकै उत्साहित देखिन्छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई २ वर्ष लामो सम्झौतामा टिममा भित्र्याएको हो। ‘नयाँ प्रशिक्षक आएपछि टिममा धेरै परिवर्तन भइरहेको छ,’ पहिलो ब्याचकी खेलाडी सीता राना मगरले ग्लोबल क्वालिफार्यसको अन्तिम खेलमा स्कटल्यान्डसँगको हारपछि भनिन्। पुराना खेलाडीमा पनि पाठकको आगमनले नयाँ उत्साह ल्याएको छ। ‘मैले यो प्रतियोगिता नै मेरो अन्तिम प्रतियोगिता होला भनेर सोचेको थिएँ। तर, जुन तरिकाले नयाँ प्रशिक्षकको आगमन पछि यो टिमले खेलिरहेको छ, म अझै केही समय खेल्न चाहन्छु,’ उनले पत्रकारसँग आफ्नो अनुभव साटिन्।

उनी भन्छिन्, ‘कोच अलि ढिलो आउनुभयो।’ उनको आशय थियो, प्रशिक्षक हर्षल टिममा केही समय छिटो आगमन भएको भए नतिजा फरक पर्न सक्थ्यो।

उपकप्तान पूजा महतोले पनि आफूले २ खेलमा खराब प्रदर्शन गर्दा प्रशिक्षक हर्षलले आफूमा आत्मविश्वास भरेको बताइन्। ‘मैले २ खेलमा एकदम नराम्रो खेल्दा सरले (हर्षल पाठक)ले ममा क्षमता छ। त्यसलाई सही तरिकाले सदुपयोग र प्रदर्शन गर्न उत्प्रेरण दिनुभएको थियो,’ उनले जिम्बावेसँगको खेलमा अर्धशतक पूरा गरेपछि पत्रकारसँग भनेकी थिइन्।

सकरात्मक पक्ष सुनाउँदै गर्दा नेपालको पुरानो समस्या सुधार हुन भने केही समय लाग्नेछ। विशेषतः यो प्रतियोगिताको लागि एक महिनाभन्दा कम समयमा प्रशिक्षक हर्षलले ल्याएको परिवर्तन मैदानमा देखियो। तर, उनको आगमनको धेरै लामो समय नहुँदा उनले टिममा धेरै परिवर्तन भने गर्न सकेनन्।

प्रशिक्षक हर्षल नेपाली महिला क्रिकेट टिमलाई ‘सम्भावना भएको टिम’को रूपमा भन्छन्। प्रतियोगितामा जिम्बावेलाई हराएपछि उनले पत्रकारसँग भने, ‘पहिलो जितपछि म निकै खुसी छु। यो टिमसँग राम्रो सम्भावना रहेको छ।’

उनले टिममा विश्वास र आत्मविश्वास भर्न थालेका छन्, उनी आफैं पनि भन्छन्, ‘जब टिममा विश्वास हुन्छ, तब राणनीति र पद्धतिहरूले काम गर्छ,’ उनले नेपालको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि भनेका थिए, ‘परिवर्तन छोटो समयमा आउँदैन। यसको लागि केही समय लाग्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम