मुख्य समाचार
सर्लाही क्षेत्र-४ आएका थापाले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस क्षेत्रको सेवकको रूपमा आफू आएको बताए
सर्लाही क्षेत्र-४ आएका थापाले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस क्षेत्रको सेवकको रूपमा आफू आएको बताए

: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू नेता होइन, बेटा बन्न सर्लाही आएको बताएका छन्। सोमबार साँझ सर्लाही क्षेत्र-४ आएका थापाले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस क्षेत्रको सेवकको रूपमा आफू आएको बताए।

यहाँका नेता कार्यकर्ताको उत्साहले पहिलो दिनमै अत्यन्त उत्साहित बनाएको उनले बताए। 'म नेपाली कांग्रेसको कार्यकर्ता हुँ। मधेशले नेपाली कांग्रेसलाई लगाएको गुण, प्रजातन्त्रलाई लगाएको गुण र सिंगो नेपाललाई लगाएको गुणलाई राम्रोसँग जान्दछु,' उनले भने, 'मेरा बाआमा पहाडबाट काठमाडौं आएका हुन्। पहाडको बारेमा मलाई पहिलेदेखि नै थाहा छ। काठमाडौंमा जन्मेका हुर्केकाले मलाई काठमाडौंको सबै कुरा थाहा छ। तर, नेपाली कांग्रेसका नेता प्रदीप गिरिको संगतले मधेशको बारेमा धेरै कुरा जान्ने अवसर प्राप्त भयो। जबसम्म मधेशमा आफूलाई समाहित गर्दिनँ, तब सम्म म पूर्णरूपमा नेपाली बन्न सक्दिनँ भनेर पनि मधेशबाट उम्मेदवारी दिएको हुँ।'


केही वर्ष पहिला हुलाकी सडक भएर मधेश आउँदा यहाँको साथीको संगत गरेको उनले बताए। 'यहाँको प्रतिनिधित्व गर्छु भनेर आएको हुँ। विभिन्न आन्दोलनमा शहिद भएका मधेशले किन सम्मान पाएन त्यसको लागि पनि आफू मधेशबाट उम्मेदवारी दिएको हुँ,' सभापति थापाले भने, 'मधेश धेरै सम्भावना बोकेको ठाउँ हो। तर, यहाँका अधिकांश युवाहरू खाडीमा किन गएका होलान्, यसको उत्तर खोज्न आएको हुँ।'

उनले आफूले यो वा त्यो गर्छु भन्न नआएको बताए। 'मसँग केही कार्यक्रम र योजनाहरू छन्। मेरो टिम यस क्षेत्रमा आएर काम गरिरहेको छ। यहाँ देखिएका समस्याहरू ५ वर्षभित्र समाधान गर्छौं,' उनले भने। काठमाडौं ४ छोडेर आउँदा त्यस क्षेत्रका थुप्रै साथीहरूले छोडेर नजान आग्रह गरेको उनको भनाइ छ। 'म त्यो साथीहरूप्रति ऋणी हुनेछु। ३-३ पटक साँसद बनाएका क्षेत्रका लागि मेरा घर सधैंभरिका लागि खुला राखेको छु,' उनले भने।

उनले आफू जादुको छडीजस्तो यो गर्छु, त्यो गर्छु नभन्ने बताए। 'मैले यहाँको विकास निर्माणको कामहरू गर्नुछ। शिक्षा, कृषि, स्वास्थ्यको क्षेत्रमा काम गर्नुछ। यहाँको नौजवनाको जीवन निर्माणका लागि काम गर्नुछ। चुनाव जितेर गएपछि यहाँ स्थायी सांसदको कार्यालय राख्छु,' उनले भने। निर्वाचन क्षेत्रमा आउँदै गर्दा साथीहरूले यहाँको भाषा दुई लाइन भए पनि सिकेर जान भनेको उनले बताए। 'मैले भने म चटकेजस्तो काम गर्दिनँ। यहाँको भइसकेपछि यहाँको भाषा, संस्कृति, रहनसहन सबै सिकेर जान्छु। म यहाँ सिक्न आएको हुँ। एक लाइन सिकेर हात हल्लाएर जाने होइन। म यहाँको सबै कुरासँग भिजेर जान्छु। म यो क्षेत्रलाई देशको नमूना क्षेत्र बनाएर जान्छु। यो क्षेत्रलाई नमूना बनाएर गइनँ भने मेरो यो सबभन्दा ठूलो हार हुने छ,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बर्दियाको बाँसगढी नगरपालिका-५ पुरानो गोल्डेन फ्युचर स्कूल नजिकै बबई सिँचाइ नहरको दक्षिण किनारातर्फ लागुऔषध ब्राउन सुगर कारोबार भइरहेको आरोपमा प्रहरीले २ जना भारतीय युवालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ। बिहीबार राति करिब पौने ८ बजे लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत इलाका प्रहरी कार्यालय मोतिपुरको ...
: भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा दाङमा जनप्रतिनिधि र कर्माचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख ...
: राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो। चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारको मोबाइल जफत गरेको हो। सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएको ३ महिना नपुग्दै पुन: आवेदन दर्ता गरी लिखित परीक्षामा सहभागी गराएको सूचनाको आधारमा अख्तियारको टोलीले छापा ...
: आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ। सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन्। निरिक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम