: ३० वर्षीया श्रीमती हिरा दाहालको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ राजपुर डेरा गरी बस्ने सोही उपमहानगरपालिका-८ घर भएका सतिङ दाहाल रहेका छन्।
घरायसी विवादका क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। हिराको मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट सतिङलाई आइतबार पक्राउ गरेको हो।
घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।