: एन्फा राष्ट्रिय लिग २०८२ मा त्रिभुवन आर्मी क्लब र लालीगुराँस क्लबले गोलरहित बराबरी खेलेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले कुनै पनि गोल निकाल्न सकेनन्। आजको खेलमा आर्मीसँगको बराबरीसँगै लालीगुराँस अंक तालिको शीर्ष स्थानमा उक्लिएको छ। पछिल्लो ३ खेलमा जित निकाल्दै लालीगुराँस शीर्षमा उक्लेको हो।
आजको दोस्रो खेल प्लानिङ ब्वाइएज युनाइटेड र सातदोबाटो युथ क्लबबीच हुँदैछ।