मुख्य समाचार
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा न्यु डायमन्ड युथ स्पोटर््स क्लबले फाइनलमा
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा न्यु डायमन्ड युथ स्पोटर््स क्लबले फाइनलमा

— पोखरा रंगशालामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा न्यु डायमन्ड युथ स्पोटर््स क्लबले फाइनलमा स्थान बनाएको छ ।

मंगलबार न्यु डायमन्डको निर्णायक जित, थाइल्यान्ड क्विन्सको लयबद्ध प्रदर्शन र पुरुषतर्फ पर्वत भलिबल संघको लगातार तेस्रो जितले च्याम्पियनसिपलाई थप रोमाञ्चक बनाएको छ । महिलातर्फ प्रभावशाली प्रदर्शन गर्दै एक खेल बाँकीमै न्यु डायमन्ड फाइनल पुगेको हो ।

न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । तीनै सेटमा प्रभावशाली प्रदर्शन गरेको न्यु डायमन्डले २५–११, २५–१९, २५–२० ले खेल आफ्नो पक्षमा परेको हो ।अपराजित न्यु डायमन्डले ३ खेलबाट ९ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

अर्कोतर्फ, पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोर्नुपरेको छ । यो हारले च्याम्पियनसिपमा पुलिसको उपस्थिति कमजोर बनेको छ ।

अब फाइनलको दोस्रो टोलीका लागि एपीएफ, थाइल्यान्ड क्विन्स र पुलिस क्लबबीच होड रहनेछ । बाँकी खेलको नतिजाले फाइनलमा न्यु डायमन्डको प्रतिद्वन्द्वी तय गर्नेछ ।

मंगलबार पाहुना टोली थाइल्यान्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा सहज जित निकाल्दै आफ्नो अभियान कायमै राखेको छ । थाइ टोलीले २५–११, २५–२१, २५–१६ ले नतिजा निकाल्यो । पहिलो खेलमा एपीएफसँग पाँचौं सेटमा पराजित थाइल्यान्डले त्यसपछिका दुवै खेलमा जित निकालेको छ । त्रिभुवन आर्मी क्लबको अभियान भने निराशाजनक रह्यो । सबै खेलमा हार बेहोरेको छ ।

पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । गण्डकीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । गण्डकीले २५–२२, २५–२०, २५–१४ ले नतिजा निकालेको थियो । गण्डकीको जितले टिमलाई बलियो दाबेदारको रूपमा उभ्याएको छ ।



अर्को खेलमा पर्वत जिल्ला भलिबल संघले अपराजित यात्रा कायम राखेको छ । लगातार तेस्रो जित निकाल्दै क्रममा पर्वतले माल्दिभ्स भलिबल एसोसिएसनमाथि सोझो सेटमा सफलता पायो । टिपटप हेल्प नेपालसहित तीन पाकिस्तानी खेलाडी लिएर कोर्टमा उत्रिएको पर्वतले २५–१७, २५–१८, २५–१६ ले सेट जितेको थियो । पर्वतले यसअघि नेपाल पुलिस क्लब र एपीएफ क्लबलाई पराजित गरेको छ । टोलीको टिमवर्क, उत्कृष्ट स्पाइकिङ र बलियो डिफेन्सले उनीहरूलाई प्रत्येक खेलमा विजयी बनाइरहेको छ । लगातार चौंथो हार बेहोरेको माल्दिभ्सको कमजोर प्रदर्शनले टोली पुछारमा छ ।

बुधबार चार खेल हुनेछ । महिलातर्फ एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि महिलातर्फ नै न्यु डायमन्ड स्पोटर््स क्लबले थाइल्यान्ड क्विन्सविरुद्ध खेल्नेछ । पुरुषतर्फ नेपाल पुलिस क्लब र माल्दिभ्स तथा एपीएफ र आर्मी क्लबबीच खेल हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम