मुख्य समाचार
साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति
साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति

— साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति दिएको छ। ती संस्थामा कार्यरत कर्मचारीहरू आवश्यक मापदण्ड पूरा गरेमा विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी प्राप्त गर्न योग्य हुनेछन्।

ओकाज पत्रिकाका अनुसार यो निर्णय साउदी अरबको दक्ष जनशक्ति भित्र्याउने रणनीतिअन्तर्गत लिइएको हो।

विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी कार्यक्रम वैज्ञानिक, प्रशासनिक तथा अनुसन्धान क्षेत्रमा कार्यरत उच्च क्षमताका पेशेवरलाई लक्षित गरिएको छ। कार्यक्रममार्फत स्थानीय क्षमताको विकास र ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको साउदी अधिकारीहरूले जनाएका छन्।

यो रेसिडेन्सी प्राप्त गर्ने व्यक्तिले परिवारसहित साउदी अरबमा बसोबास गर्न पाउनेछन्। आमाबाबु, श्रीमित र २५ वर्षमुनिका सन्तानलाई समेत समेट्नेछ । यो सुविधा अन्तर्गत स्वतन्त्र रूपमा रोजगारदाताबाट स्थानान्तरण गर्न पाउने, प्रवासी तथा आश्रित शुल्कबाट छुट, एक्जिट अनुमति विना बाहिरिने र पुनः प्रवेश गर्ने सुविधा, आफन्तका लागि भ्रमण भिसा, तथा प्रवेश बिन्दुमा साउदी र जीसीसी नागरिकका लागि छुट्टाइएका लेन प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त जीवनसाथी र सन्तानले निजी क्षेत्रमा रोजगारी गर्न पाउने, लगानी कानुनअनुसार व्यवसायिक गतिविधि सञ्चालन गर्न सक्ने, तथा अचल सम्पत्ति खरिद गरी त्यसबाट लाभ लिन सक्ने व्यवस्था पनि गरिएको छ।

कार्यक्रमअन्तर्गत आवश्यक शर्त पूरा गरेमा स्थायी प्रिमियम रेसिडेन्सी प्राप्त गर्न सकिने र मुख्य रेसिडेन्सी धारकलाई निताकात कार्यक्रमबाट छुट दिइने व्यवस्था छ।



योग्यता मापदण्ड दुई श्रेणीमा विभाजन गरिएको छ। पहिलो, अनुसन्धानकर्ता तथा वैज्ञानिक वा स्वास्थ्य प्रतिभा श्रेणीमा प्राथमिकताप्राप्त क्षेत्रमा स्वीकृत संस्थासँगको रोजगारी सम्झौता, मासिक न्यूनतम तलब १४ हजार सउदी रियाल, स्नातक तहको शैक्षिक योग्यता, तीन वर्षभन्दा बढी अनुभव, न्यूनतम अंक सीमा पूरा गरेको प्रमाण, रोजगारदाताको सिफारिस पत्र र सम्बन्धित क्षेत्रमा तीनवटा अनुसन्धान पत्र आवश्यक पर्नेछ।

दोस्रो, वैज्ञानिक तथा स्वास्थ्य पेशेवर श्रेणीका लागि मासिक न्यूनतम तलब ३५ हजार साउदी रियाल तोकिएको छ। यस श्रेणीमा पनि स्वीकृत संस्थासँगको रोजगारी सम्झौता, स्नातक वा सोभन्दा माथिल्लो योग्यता, तीन वर्षभन्दा बढी अनुभव, न्यूनतम अंक सीमा र रोजगारदाताको सिफारिस पत्र अनिवार्य गरिएको छ।

साउदी सरकारले भिजन-२०३० अन्तर्गत दक्ष विदेशी जनशक्ति आकर्षित गर्न यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम