— सर्वोच्च अदालतले संसद् पुन:स्थापना माग गर्दै दायर भएका रिटमा पेसी तोकिएको हल्लाको खण्डन गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको स्पष्टीकरण दिएका छन् ।
'संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु । २० गते साधारण तारेख रहेको छ,' कोइरालाले भने । सर्वोच्चमा संसद् पुन:स्थापनाका १७ थान रिट विचाराधीन छन् । नेपाली कांग्रेस र नेकपा एमालेले पनि रिट दायर गरेका छन् ।