मुख्य समाचार
शैक्षिक सुधारको लागि सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन निर्देशन
शैक्षिक सुधारको लागि सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन निर्देशन

— काठमाडौं महानगर कार्यवाहक मेयर सुनिता डंगोलले शैक्षिक सुधारको लागि सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन निर्देशन दिएकी छिन् ।

चालु आर्थिक वर्षमा सम्पन्न काम साथै थालिएका असल अभ्यासको जानकारी लिँदै डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी छिन् ।

विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रूपमा गर्नुपर्ने सहजीकरण विषयमा जानकारी लिने क्रममा मंगलबार डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफलमा जुटेकी थिइन् ।

‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको पनि चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आबद्ध गराउनुपर्छ । एसईईको नजिक आउन लागेका छौँ । गत वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ,’ उनले भनिन्,‘तयारी कक्षा,अतिरिक्त कक्षा, शिक्षक र कक्षा थपलगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु तथ्यले नतिजामा सुधार देखाउनुपर्छ । यसमा छुट सुविधा कसैलाई दिनु हुँदैन ।’
छलफलका क्रममा भृकुटीमण्डपमा रहेको पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त भएको नतिजा, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षणको प्रतिवेदन, शिक्षामा सीपलगायत कार्यक्रमको गुणस्तर र यसको सुधारका पक्षमा छलफल भएको थियो ।

साथै दर्ता भएका तर,सञ्चालनमा नरहेका विद्यालयको खारेज प्रक्रिया,सामाजिक विकास विभागअन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकासका कक्षाहरूको व्यवस्थापन, विद्यालय स्तरका खेल र अतिरिक्त क्रियाकलापलगायत विषय समेटिएका थिए ।

छलफलका क्रममा प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, सूचना प्रविधि विभाग पैमुख अनिरुद्र नेपालसहित अधिकारी सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
— मेचीपारि भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि सीमा नाकामा निगरानी बढाइएको छ । कोशी प्रदेश सरकारले निर्देशन जारी गर्दै मोरङ, झापा र इलामका अत्यधिक भीडभाड हुने प्रवेशबिन्दुमा प्राथमिक स्क्रिनिङ र सतर्कता–व्यवस्था कडाइका साथ लागू गरिएको हो । झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, मोरङको जोगवनी र सुनसरीको भण्टाबारी नाकामा निगरानी बढाइएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव ...
— जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तानका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी बस्दै आएका २४ वर्षीय सविन रुम्बालाई प्रहरीले मंगलबार (आज) चुच्चेपाटीबाट नै पक्राउ गरेको हो। पक्राउ परेका रुम्बालाई आवश्यक प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेस गरिएको केन्द्रीय अनुसन्धान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम