मुख्य समाचार
निर्वाचन प्रहरी भर्नामा चलखेल भएको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ
निर्वाचन प्रहरी भर्नामा चलखेल भएको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ

— आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नामा चलखेल भएको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ । पहुँचवाला निर्वाचन प्रहरीमा छनोट भएको भन्दै असन्तुष्ट युवाले मंगलबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

जिल्लामा १ हजार ८ सय २६ नेपाल प्रहरी र २ सय सशस्त्र प्रहरीका लागि गरी २ हजार २५ जना निर्वाचन प्रहरीको आवेदन खुलेको थियो । जसमा पुस २५ देखि माघ १ गतेसम्म तोकिएको अवधिमा ४ हजार ४ सय जनाले आवेदन दर्ता गराएका थिए ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले स्वास्थ्य परीक्षण, लिखित र अन्तर्वार्तापछि मंगलबार बिहान अन्तिम नतिजा प्रकाशन गरेको थियो । निर्वाचन प्रहरीको छनोटमा नपरेका असन्तुष्ट युवाले मंगलबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालयअगाडि छनोट प्रक्रिया पारदर्शी नभई चलखेल भएको भन्दै प्रदर्शन गरेका थिए । असन्तुष्ट युवाहरूको समूह जिल्ला प्रशासनमा प्रवेश गरी निर्वाचन प्रहरी छनोटमा चलखेल भएको भन्दै नाराबाजीसमेत गरेका थिए ।

पहुँचको भरमा निर्वाचन प्रहरी भर्ना गरेकाले प्रदर्शनमा उत्रिएको गुलरिया नगरपालिका–४ का अर्जुन रसाइलीले बताए ।

आफ्नो पहुँच नपुगेर निर्वाचन प्रहरीको छनोटमा नपरेको मैनापोखरकी कविता पुरीले बताइन् । ‘मैले पनि कक्षा १२ पास गरेकी छु, लिखितमा नाम निकालेकै हो,’ उनले भनिन्, ‘अन्तर्वार्तामा नाम, ठेगाना र कति पढेको भनेर सोधिएको थियो । यस्तो प्रश्नको जवाफ पनि बिराएँ हुँला त ?’ पहुँच नपुगेरै निर्वाचन प्रहरी छनोटमा आफू नपरेको उनले दुखेसो पोखिन् ।

निर्वाचन प्रहरीका लागि विगत दुई सातादेखि सम्पूर्ण कामधन्दा छोडेर दौडधुप गरे पनि अन्तिममा पहुँचवालाहरूको नाम निस्किँदा साह्रै दुःखी भएको मधुवन नगरपालिका–७ का पुर्नबहादुर सुनारले बताए ।

निष्पक्ष ढंगले निर्वाचन प्रहरीको छनोट गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । ‘अन्तिम नजिताप्रति चित्त नबुझेकाहरूलाई निवेदन दिन अनुरोध गरिएको छ,’ उनले भने, ‘निवेदन लिएर आएकाहरूको परीक्षाको कापी पुनः चेकजाँच गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् । ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न ...
— विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो । बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो। निर्माण सकिएकामध्ये ...
— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम