मुख्य समाचार
काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने
काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने

— काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने बताएको छ । बक्स कल्भर्ट निर्माणका क्रममा वैकल्पिक मार्ग प्रयोग गनुपर्नेसमेत महानगरले जनाएको छ ।

सार्वजनिक निर्माण विभागका सब इन्जिनियर दीपकबहादुर शाहीले उक्त ठाउँमा पानी निकासका लागि राखिएको ह्युम पाइप पुरानो भएको बताउँछन् । उनी भन्छन्,‘बर्खाको समयमा पानीको बहाव रोकिएको अवस्था छ । सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो ।’

कल्भर्ट निर्माणको काम सुरु भएपछि सडकको आवागमन पूर्ण बन्द हुने शाहीले बताएका छन् । डिल्लीबजार, पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुदौ पुतलीसडक बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वयन गरेको शाहीले जानकारी दिए ।

यसको लागि दुवैतर्फ आउने सवारी साधनहरु कमालादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर,घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्ने उनले बताए । काम सुरु भएको दुई महिनासम्म उक्त सडक खण्ड बन्द हुने जनाइएको छ । यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६ सय ९४ रुपैयाँ रहेको महानगरले जनाएको छ । यसको लागत अनुमान भने ७० लाख ७२ हजार १ सय ८२ रुपैयाँ रहेको समेत बताएको छ । कर्ल्भट निर्माणको काम आउँदो चैत मसान्तरभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । महानगरका अनुसार उक्त कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुनेतर्फ १४ मिटर हुने छ ।
त्यस्तै धोबीखोला नदी खण्डको दोभान नपुग्दै रोजबड स्कुल नजिकसमेत बक्स कल्भर्ट निर्माण हुने छ । उक्त स्थानमा भएको फलामे पुल २०८० सालमा धोबीखोलाको बाढीले जगसहित क्षति गरेको वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए । ‘पुल बनाउने भनेर विभिन्न निकाय आए । हामीलाई पुल बनाउनु थियो । त्यसैले जुन निकायले प्रस्ताव गर्दा पनि हुन्छ भन्यौ । तर कसैले बनाएनन्,’ उनले भने,‘त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो । महानगरको केन्द्रीय बजेटबाट बनाउन सकिने भनेपछि त्यही प्रक्रियाबाट निर्माण हुन लागेको हो ।’

त्यसको सम्झौता रकम २ करोड २१ लाख २३ हजार ८ सय ९९ रुपौया रहेको महानगरले जनाएको छ । यसको लागत अनुमान भने ३ करोड ७१ लाख २३ हजार ९ सय ३५ रुपैयाँ रहेको छ । उक्त काम २०८३ पुस मसान्तरभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । उक्त कल्भर्टको लम्बाइ १७ मिटर र उचाइ ७ मिटरको हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् । ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न ...
— विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो । बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो। निर्माण सकिएकामध्ये ...
— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम