मुख्य समाचार
सप्तरीमा निर्वाचन आचारसंहिता उल्लंघन गरेर टाँगिएका चुनाव चिह्न उल्लेखित तोरण, झण्डा, पोस्टरलगायतका सामग्री २४ घण्टाभित्र हटाउने सहमति
सप्तरीमा निर्वाचन आचारसंहिता उल्लंघन गरेर टाँगिएका चुनाव चिह्न उल्लेखित तोरण, झण्डा, पोस्टरलगायतका सामग्री २४ घण्टाभित्र हटाउने सहमति

— सप्तरीमा निर्वाचन आचारसंहिता उल्लंघन गरेर टाँगिएका चुनाव चिह्न उल्लेखित तोरण, झण्डा, पोस्टरलगायतका सामग्री २४ घण्टाभित्र हटाउने सहमति भएको छ। जिल्ला आचारसंहिता अनुगमन समिति, उम्मेदवार, दलका प्रतिनिधि र सरोकारवालाहरूबीच मंगलबार दिउँसो सो सहमति भएको हो ।

सहमतिअनुसार सरकारी भवन, विद्यालय, स्मारक, सडकका पोल वा सार्वजनिक स्थलहरूमा टाँगेका/टाँसेका/लगाइएका दलका तोरण, झण्डा, चिह्न वा पोस्टर सम्बन्धित उम्मेदवार वा दलले नै हटाउनेछन् । बैठक सकिएको २४ घण्टाभित्र ती सामग्री हटाउने उम्मेदवार र दलका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन्।

सो अवधिमा ती सामग्री नहटाइए निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार हुने जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश किशोर घिमिरेले बताए । ‘उहाँ (उम्मेदवार तथा दलका प्रतिनिधि)हरूले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने प्रतिबद्धता गर्नुभएको छ,’ उनले भने, ‘हटाउनुहुन्छ। हटाउनुभएन भने आचारसंहिताअनुसार अघि बढ्छौं।’

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। तर, यहाँका केही उम्मेदवार तथा दलका नेता/कार्यकर्ताले आचारसंहिता उल्लंघन गरेको पाइएपछि आचारसंहिता अनुगमन समितिले सो बैठकको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् । ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न ...
— विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो । बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो। निर्माण सकिएकामध्ये ...
— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम