मुख्य समाचार
माथिल्लो मनाङमा भारी हिमपात
माथिल्लो मनाङमा भारी हिमपात

— हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा हिउँ परिरहेको छ । स्थानीयका अनुसार बुधबार बिहान १ बजेदेखि हिउँ परिरहेको छ ।

यसअघि कात्तिक १० र ११ गते हिमपात भएकोमा मंसिर र पुस महिनामा हिउँ परेको थिएन । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावल लगायत गाउँ हिउँले ढाकिएको मनाङका स्थानीय सगर गुरुङले जानकारी दिए ।


उनका अनुसार मनाङ गाउँतिर करिव १ फिट जति हिउँ परेको छ । उनले अब खेती गर्ने बेला भएकाले किसान खुसी भएको बताए । उनले पर्यटकलाई हिउँ खेल्न आउन समेत अनुरोध गरे । हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन सकेका छैनन । पर्यटक पनि रोकिएका छन ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले पनि हिमपात भैरहेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक गन्तव्यमा जानबाट रोकिएको उनले बताए । 'अहिले पर्यटक त्यति धेरै त छैनन् । पर्यटकीय गन्तव्य तिलिचो र थोराङलातिर हिउँ छ । हिउँ परेको नरोकिएसम्म पर्यटकलाई गन्तव्यमा नजान भनेका छौं' उनले भने ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार माथिल्लो मनाङ (मनाङ ङिस्याङ) गाउँपालिकामा रातीदेखि हिमपात भैरहेको छ । सदरमुकाम चामेमा हिउँ पर्न रोकिएर पानी परिरहेको छ ।

‘तल्लो मनाङ (नासों गाउँपालिका) को अधिकांश ठाउँमा पानी पर्नुका साथै मौसम बदली छ । नार्पाभूमितिर गोठाला १०-१२ जनाबाहेक छैन भन्ने बुझिन्छ । त्यता कसैसङ्ग सम्पर्क भएको छैन, सायद त्यतातिर पनि हिउँ परेको हुन सक्छ' उनले भने ।


उनले माथिल्लो मनाङ कतै कतै २ फिटसम्म हिउँ परेको जानकारीमाआएको बताए । हिउँ परेपछि गाउँले र पर्यटक प्रभावित भएका छन । तिलिचो जाने त खासै छैनन । थोरङ्ला पास जाने केहि छन, उनीहरुलाई अहिले गन्तव्यमा जान रोक लगाएका छौं' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् । ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न ...
— विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो । बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो। निर्माण सकिएकामध्ये ...
— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम