मुख्य समाचार
पुष्पकमल दाहालले ‘स्टन्ट’ गरेकै भरमा राजनीति गर्नेहरुलाई देशभित्र र बाहिरको शक्तिले लगानी गरेको आरोप
पुष्पकमल दाहालले ‘स्टन्ट’ गरेकै भरमा राजनीति गर्नेहरुलाई देशभित्र र बाहिरको शक्तिले लगानी गरेको आरोप

— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘स्टन्ट’ गरेकै भरमा राजनीति गर्नेहरुलाई देशभित्र र बाहिरको शक्तिले लगानी गरेको आरोप लगाएका छन् ।

उनले मंगलबार चुरे भावर पार्टीलाई नेकपामा समाहित कार्यक्रममा देशको विचार, सिद्धान्त र त्यागेको राजनीतिलाई सम्मान गर्नेभन्दा ‘स्टन्ट’ गरी लोकप्रिय अभियाना लागेका दलहरुलाई सम्वर्द्धन गरिएको बताए ।

‘अहिले देशमा विचार सिद्धान्त राजनीति त्याग तपस्या बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा समाज निर्माणको निम्ति भ्रष्टाचारविरुद्ध अभियान चलाउने सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक विकासको निम्ति अभियान चलाउनेभन्दा पनि स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशीविदेशी शक्तिहरुले ठूलो लगानी गरेको तपाईं हामीले देखेका छौं,’ उनले भने, ‘हामीले इतिहासको सम्मान गर्ने विचारको सम्मान गर्ने राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महसुस गरेर नै नेपाली कम्युनिस्ट पार्टी हामीले निर्माण प्रक्रियालाई ध्रुवीकरण र एकताको प्रक्रियालाई अगाडि बढाएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् । ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न ...
— विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो । बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो। निर्माण सकिएकामध्ये ...
— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम