मुख्य समाचार
जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तानका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ
जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तानका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ

— जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तानका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी बस्दै आएका २४ वर्षीय सविन रुम्बालाई प्रहरीले मंगलबार (आज) चुच्चेपाटीबाट नै पक्राउ गरेको हो।

पक्राउ परेका रुम्बालाई आवश्यक प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

जबर्जस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय कायम भएपछि उनी २०७९ वैशाख २१ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए।

जेन-जी आन्दोलनका क्रममा उनी सो कारागारबाट फरार भएका थिए। त्यसयता काठमाडौं उपत्यकामा लुकीछिपी बस्दै आएको सीआईबी ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् । ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न ...
— विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो । बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो। निर्माण सकिएकामध्ये ...
— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम