मुख्य समाचार
हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश
हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश

— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका क्रममा आफ्नो घरजग्गा र सम्पत्ति सुरक्षाको माग गर्दै विन्दवासिनी कंसाकारसहितका स्थानीयले सर्वोच्चमा रिट दायर गरेका थिए।
डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतलाई विपक्षी बनाएर दर्ता गरिएको मुद्दामा गत मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीका नाममा ‘कारण देखाऊ आदेश’ जारी गरेको थियो।

सर्वोच्चले सडक विस्तारको कार्य तत्काल अघि नबढाउन ‘अल्पकालीन अन्तरिम आदेश’ समेत दिएको थियो । सोही आदेशको निरन्तरता र अन्तरिम आदेशको विषयमा छलफल गर्न पटक–पटक पेसी तोकिए पनि छैठौं पटकसम्म ‘हेर्न नभ्याइने’ तथा ‘हेर्न नमिल्ने’ सूचीमा पर्दै आएको छ।

हेटौंडा बजारको २५ मिटर सडक विस्तार गर्ने योजना अनुसार मंसिर २० मा बजार क्षेत्रका घर तथा टहरा भत्काइएको थियो । उक्त कार्यकोविरुद्धमा कंसाकारलगायतका स्थानीय सर्वोच्च पुगेका हुन् । उक्त मुद्दामा रिट निवेदकहरूले उचित मुआब्जा र कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याउन नहुने जिकिर गर्दै आएका छन् ।


हेटौंडाको मुख्य बजार क्षेत्रको २५–२५ मिटर सडक विस्तारका त्रममा मंसिर २० गते रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल (महेन्द्र राजमार्ग) र बुद्धचोकदेखि चौकीटोल (त्रिभुवन राजपथ)सम्मको ९ दशमलव ५ किलोमिटरको सडक सीमाभित्र परेका पाँच सयभन्दा बढी घरटहरा डिभिजन सडक कार्यालयले घर भत्काएका कारणले हेटौंडाको मुख्य बजार अहिले अस्तव्यस्त छ । अदालतको सुनुवाईमा ढिलाई भएपछि भत्केको सटर पनि मर्मत गरेर केही व्यवसायीले व्यापार गरिरहेका छन्।

मुद्दा किनारा नलागेका कारण सडक डिभिजन कार्यालयले विस्तार तथा व्यवस्थापनको काममा अघि बढ्न सक्ने अवस्था नरहेको जनाएको छ। सडक डिभिजन हेटौंडाले एसियन हाइवे निर्माणका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा निर्मित घरटहरा र संरचना हटाएर सडक विस्तार कार्य मंसिर २० गतेदेखि सुरु गरेको थियो ।
सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घरटहरा र संरचना भत्काउनु पर्ने सूची रहेको छ । त्यसमध्ये अहिले करिब ५ सय संरचना भत्काउने काम भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् । ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न ...
— विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो । बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो। निर्माण सकिएकामध्ये ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
— मेचीपारि भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि सीमा नाकामा निगरानी बढाइएको छ । कोशी प्रदेश सरकारले निर्देशन जारी गर्दै मोरङ, झापा र इलामका अत्यधिक भीडभाड हुने प्रवेशबिन्दुमा प्राथमिक स्क्रिनिङ र सतर्कता–व्यवस्था कडाइका साथ लागू गरिएको हो । झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, मोरङको जोगवनी र सुनसरीको भण्टाबारी नाकामा निगरानी बढाइएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम