मुख्य समाचार
भदौ २३-२४ को घटनाबारे ओलीको स्पष्टीकरण : ‘गोली चलाउने आदेश मैले दिएको थिइनँ’
भदौ २३-२४ को घटनाबारे ओलीको स्पष्टीकरण : ‘गोली चलाउने आदेश मैले दिएको थिइनँ’

— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् ।

ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न दिने सोच नै गर्न सक्छु,’ भनेका छन् । उक्त घटनापछि सरकारले तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरेको जानकारी दिँदै ओलीले ज्यान गुमाएका १९ जनाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उनले भनले लेखेका छन्, ‘त्यो पीडा आजसम्म पनि मसँगै छ ।’

ओलीले घुसपैठको सम्भावनाका कारण सरकारले सुरुमा माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरेको, तर शान्तिपूर्ण सभाका लागि अनुमति मागिएपछि प्रशासनले सहजै अनुमति दिएको भनेका छन् । माइतीघरमा सुरु भएको जेन–जी युवाहरूको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको र त्यहाँ न गोली चलेको, न लाठीचार्ज भएको ओलीको दाबी छ ।

तर करिब दिउँसो १२ बजेतिर केही घुसपैठकारी तत्वहरूले प्रदर्शनकारी युवाहरूलाई निषेधित क्षेत्रतर्फ उक्साएको र योजनाबद्ध रूपमा बालबालिका तथा स्कुल पोसाकमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजिएको ओलीको भनाइ छ । संसद् भवन अगाडि आगजनीको प्रयास र विष्फोटक पदार्थ प्रयोग भएपछि स्थिति ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको आक्रमण’ को रूपमा परिणत भएको उनले उल्लेख गरेका छन् ।

ओलीले संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुनअनुसार सुरक्षाकर्मीले बल प्रयोग गर्न बाध्य हुनु परेको भनेका छन् । ‘यदि सुरक्षाकर्मीले हतियार खोसिन दिएका भए वा संसद् भवन जलेको भए स्थिति झनै भयावह हुने थियो,’ उनले प्रश्न गरेका छन् ।


उनले भदौ २४ गते आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतलगायतका संरचनामा भएको तोडफोड र आगजनीले अराजक समूहहरूको उद्देश्य स्पष्ट भएको पनि बताएका छन् ।

एमाले अध्यक्ष ओलीले सुरक्षाकर्मीहरूले सरकारको आदेशमा होइन, कानुनको शपथअनुसार काम गर्ने स्पष्ट पार्दै, माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा कुनै बल प्रयोग नभएको र बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म गोली नचलेको दोहोर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अर्न्तगत ६१ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निर्माण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुलको काम सम्पन्न भएको हो । बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ साना पुल निर्माणको काम सम्पन्न भएको हो। निर्माण सकिएकामध्ये ...
— हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको सोमबार बसेको संयुक्त इजलासले यसअघि मागेको मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका मिसिल झिकाउन आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । मुद्दाको अर्को पेसी माघ १८ गतेलाई तोकिएको छ। सडक विस्तारका ...
— हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो । जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा ...
— जबरजस्ती करणी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका १३ दनुवारी टोलका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि त्रियुगा–११ गाईघाटमा डेरागरी बस्ने १६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय विकल दनुवार र १५ वर्षीय बालकलाई पक्राउ गरेको हो । अर्का एक १६ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला ...
— मेचीपारि भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि सीमा नाकामा निगरानी बढाइएको छ । कोशी प्रदेश सरकारले निर्देशन जारी गर्दै मोरङ, झापा र इलामका अत्यधिक भीडभाड हुने प्रवेशबिन्दुमा प्राथमिक स्क्रिनिङ र सतर्कता–व्यवस्था कडाइका साथ लागू गरिएको हो । झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, मोरङको जोगवनी र सुनसरीको भण्टाबारी नाकामा निगरानी बढाइएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम