मुख्य समाचार
‘बीटीएस’ क्रेज : शो संख्या थपिदिन कोरियाली राष्ट्रपतिलाई मेक्सिकन समकक्षीको आग्रह
‘बीटीएस’ क्रेज : शो संख्या थपिदिन कोरियाली राष्ट्रपतिलाई मेक्सिकन समकक्षीको आग्रह

४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा गरौँ राम्रै सन्देश आउनेछ ।’




मेक्सिको सिटीमा हुने भनिएका ३ वटा शोका टिकट खुलेको ४० मिनेटभित्रै सकिएका थिए । बीटीएसले आफ्नो ७९ दिने विश्व भ्रमणका क्रममा मेक्सिकोमा मे महिनामा शो गर्दैछ ।

टिकटको मूल्यमा मनपरी गरिएको र कालोबजारी भएको भन्दै फ्यानले ‘टिकट मास्टर’ विरुद्ध उजुरी गरेपछि अहिले यसको छानबिन पनि सुरु भएको छ ।




आधिकारिक च्यानल ‘टिकट मास्टर’ मा टिकटको मूल्य झन्डै (नेपाली रकममा) १०,००० नेरुदेखि १ लाख ३५ हजार नेरुसम्म तोकिएको थियो । तर अचम्मको कुरा त के छ भने, ‘रिसेल’ (दोस्रो पटक बेचिने) साइटमा त्यही टिकटको भाउ ८५ हजारदेखि ७ लाख नेरुसम्म पुर्‍याइएको छ ।

टिकटको मारामार मात्र होइन, ठूलै आर्थिक चलखेल नै देखिएको छ । मेक्सिकोको उपभोक्ता हित संरक्षण गर्ने निकायले स्टबहब र भियागोगोजस्ता टिकट पुनः बिक्री गर्ने (रिसेल) प्लेटफर्महरूलाई कारबाही गरेको छ । टिकट बिक्री प्रक्रियामा “अन्यायपूर्ण र ठगीपूर्ण व्यवहार’ गरेको आरोपमा उनीहरूलाई कार्वाही गरिएको हो ।

यसको मुख्य कारण माग र आपूर्तिको ठुलो खाडल नै हो । राष्ट्रपति सेनबाउमले सोमबार भनिन्, ‘कन्सर्टका लागि जम्मा १ लाख ५० हजार टिकट उपलब्ध थिए, तर त्यसको होडबाजीमा चाहिँ करिब १० लाख युवाहरू लाइनमा थिए । मेक्सिकोका तन्नेरीमाझ यो ब्यान्ड साह्रै नै लोकप्रिय छ ।’

१० लाख मान्छेले डेढ लाख टिकटका लागि लुछाचुँडी गर्दा यस्तो समस्या आउनु स्वभाविकै पनि हो । यति ठूलो क्रेज देखेपछि नै राष्ट्रपतिले थप शोका लागि पहल गरेकी हुन् ।

सन् २०२२ को जुनदेखि बीटीएसले एउटा समूहको रूपमा कुनै नयाँ गीत निकालेका थिएनन् । सबैजना आ-आफ्नै सोलो करियरमा व्यस्त भए, अनि त्यसपछि पालैपालो सेनाको तालिममा गए । त्यसैले पनि अहिले यो ‘कमब्याक’ लाई लिएर संसारभरि यति धेरै हल्लाखल्ला भएको हो ।

यो वर्षकै सबैभन्दा ठूलो मध्येको एक मानिएको यो टूर अप्रिल ९ मा दक्षिण कोरियाको गोयाङ स्टेडियमबाट सुरु हुँदैछ । त्यसपछि उनीहरू एसिया, युरोप र अमेरिकाका विभिन्न सहरमा पुग्नेछन् ।

बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम