मुख्य समाचार
दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा
दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका छन् ।

१५ प्रतिशतबाट बढाएर भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ ।




दक्षिण कोरियाली व्यवस्थापिकाले गत वर्ष वासिङ्टनसँग भएको व्यापार सम्झौता अनुमोदन गर्न ढिलाइ गरेको भन्दै ट्रम्पले यो कदम चालेका हुन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले भनेका छन्, ‘विशेषगरी गाडी, काठजन्य सामग्री र औषधि लगायत अन्य सबै आयातित वस्तुहरूमा भन्सार वृद्धि हुनेछ ।’




ट्रम्पको यस घोषणाले अमेरिका र दक्षिण कोरियाबीचको दरिलो सम्बन्धलाई तनावपूर्ण बनाएको छ । खासमा यो तनाव सन् २०२५ जुलाइमा तय भएको र अक्टोबरमा सम्पन्न भएको ट्रम्पको सियोल भ्रमणका क्रममा पुन: पुष्टि गरिएको व्यापार खाकाबाट सुरु भएको हो ।

उक्त सम्झौता अनुसार वासिङ्टन दक्षिण कोरियाली सामानमा लाग्ने भन्सार शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतमा झार्न सहमत भएको थियो । सियोलले पनि अमेरिकी सेमिकन्डक्टर, जहाज निर्माण र बायोटेक जस्ता रणनीतिक क्षेत्रहरूमा ३५० अर्ब डलर लगानी गर्ने वाचा गरेको थियो ।

अमेरिकाले आफ्नो तर्फबाट शुल्क घटाउने प्रक्रिया अघि बढाए पनि दक्षिण कोरियाको संसद्मा भने यो सम्झौता नोभेम्बरदेखि नै अड्किएको छ ।

‘दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको सम्झौता पालना गरिरहेको छैन,’ ट्रम्पले लेखेका छन्, ‘हाम्रो ऐतिहासिक व्यापार सम्झौता कोरियाली संसद्ले किन अनुमोदन गरेन ? त्यसैले म अब भन्सार शुल्क बढाउँदैछु ।’

दक्षिण कोरिया अमेरिकाको आठौं ठूलो व्यापारिक साझेदार हो । २५ प्रतिशतको शुल्क वृद्धिले गम्भीर प्रभाव पार्ने अनुमान गरिएको छ । दक्षिण कोरियाले अमेरिका निर्यात गर्ने कुल सामानको करिब २७ प्रतिशत हिस्सा अटोमोबाइलले ओगट्छ । ह्युन्डाइ जस्ता ठूला कम्पनीहरूको आपूर्ति सञ्जालमा यसले ठूलो अवरोध पुर्‍याउन सक्छ ।

दक्षिण कोरियाली मुद्रा वन हालैका दिनहरूमा विश्वव्यापी वित्तीय संकटपछिकै कमजोर अवस्थामा पुगेको छ, जसले सियोललाई अमेरिकामा ठूलो लगानी गर्ने वाचा पूरा गर्न थप गाह्रो बनाएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी तर्फबाट अझै कुनै औपचारिक कूटनीतिक जानकारी प्राप्त नभएको बताएको छ । यद्यपि राष्ट्रिय नीति निर्देशक किम योङ–बिम ले यस विषयमा छलफल गर्न आपतकालीन बैठक आह्वान गरेका छन् ।

विश्लेषकहरूका अनुसार यो कदम ट्रम्प प्रशासनको अधिकतम दबाब दिने रणनीतिको एक हिस्सा हो । विगतका कतिपय धम्कीपूर्ण कदमहरू कार्यान्वयन नभए पनि सन् २०२६ मा विश्वव्यापी बजारका लागि व्यापारिक स्थिरता अझै चुनौतीपूर्ण रहेको यसले संकेत गरेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...