मुख्य समाचार
चुनावी तालमेल गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेको संयुक्त निर्वाचन परिचालन कमिटी निर्माण भएको छ
चुनावी तालमेल गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेको संयुक्त निर्वाचन परिचालन कमिटी निर्माण भएको छ

। चुनावी तालमेल गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेको संयुक्त निर्वाचन परिचालन कमिटी निर्माण भएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दुवै पार्टीको संयुक्त निर्वाचन परिचालन कमिटी बनेको हो ।

मुसिकोटमा बसेको दुवै पार्टीको संयुक्त बैठकबाट उक्त कमिटी निर्माण गरिएको बुधबार मुसिकोटमा संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा उम्मेदवार समेत रहेका नन्दराम देवकोटाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको हो ।




भोलिबाट नै संयुक्त प्रचार सुरु हुने संयोजक देवकोटाले जानकारी दिए ।

नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका देवकोटा पार्टी केन्द्रको चुनावी तालमेल अनुसार आफ्नो उम्मेदवारीबाट पछि हट्दै आफ्नै प्रतिस्पर्धीलाई जिताउन लागेका छन् ।




जिल्लामा प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई जिताउने मुख्य जिम्मेवारी देवकोटाको काँधमा आएको छ । यो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने र जनार्दनलाई जिताएरै छाड्ने उनले ठोकुवा गरे ।

जिल्लामा आफ्नै नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको भन्दै उनले तोकिएको कार्यभार कुशलतापूर्वक पूरा गरी छाड्ने अठोट गरे ।

साथै उनले जिल्लाका सबै एमाले कार्यकर्ता तथा नेताहरूलाई प्रत्यक्षतर्फ आँखा चुनाव चिन्हमा मतदान गरी जनार्दन शर्मालाई जिताउन अपिल गरे । साथै समानुपातिक तर्फ भने सूर्य चिन्हमा मतदान गर्न उनको आग्रह छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले आफूले अहिलेसम्मका धेरै निर्वाचन साझा उम्मेदवारकै रूपमा लड्ने मौका पाएको र अहिले पनि सोही अवसर प्राप्त भएको बताए ।

आफूले अहिलेसम्म जिल्लाका सबै दलको सहकार्यमा एकीकृत रुकुम विकासको अवधारणालाई अघि बढाएको र अब पनि एमाले सहितका दलको सहकार्यमै बाँकी रहेका कार्यभार पूरा गर्ने उनले प्रतिबद्धता जनाए ।

शर्माले नेकपा एमाले सँगको तालमेलले आफ्नो जितलाई झन् सुनिश्चित गरेको दाबी गरे ।

आफू २०६४ र २०७० को निर्वाचनमा बाहेक अन्य चुनावमा जिल्लामा साझा उम्मेदवारका रूपमा निर्वाचनमा होमिएको र विजय प्राप्त गरेको स्मरण गर्दै उनले यस पटकको निर्वाचनमा पनि साझा उम्मेदवारको रूपमा रहनु आफ्नो लागि गौरवको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दोहोर्‍याएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस लेख्दै उनले सरकारको आदेशमा उक्त दिन गोली नचलेको र सरकारले आदेश पनि नदिएको दाबी गरेका हुन् । ‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै ...
। प्रधानमन्त्री सुशीला कार्कीसँग आज नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो । उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरे । साथै, नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, ...
। जनमत पार्टीका अध्यक्ष सीके राउतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । राउत सप्तरी-बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ का सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको भनेर राउतविरुद्ध आयोगमा उजुरी परेको हो । यसलाई आधार मानेर ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ दिएका छन् । बालबालिका प्रयोग गरेको उजुरीपछि निर्वाचन आयोगले साम्पाङसँग लिखित जवाफ मागेको थियो । जवाफमा साम्पाङले बालबालिका प्रयोग गरेको आरोप गलत भएको पत्र पठाएका छन् । ‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिका ल्याएर बालबालिकालाई कुनैपनि काम अह्राएको छैन, फकाएर वा डरधम्की या ...
। नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताएका छन् । मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहनुभएका सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम