मुख्य समाचार
प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताए
प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताए

— एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताएका छन् ।

लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि पनि नियन्त्रण हुनुपर्ने उनले बताए । गुल्मी क्षेत्र नम्बर १ का रूपन्देहीमा बस्ने मतदाता भेटघाट गर्न बिहीबार बुटवल आइपुगेका ज्ञवालीले पत्रकारहरुसँगको भेटघाटमा अहिले भएको विकासका कामप्रति नकारात्मक धारणा सिर्जना गर्दै सपना बेच्ने र नायक खोज्ने भाष्य निर्माण भइरहेको पनि बताए ।

‘समाजमा नायक खोज्ने भाष्य सृजना गरिएको छ, त्यसले मुलुकलाई निकास दिँदैन्,’ उनले भने, ‘गलत भाष्य निर्माण गरेर चुनाव अल्गोरिदम खेल भइरहेको छ ।’ समाजको वस्तुस्थिती एकातिर रहेको र सामाजिक सञ्जालमा हावा प्रचार भइरहेको पनि उनले बताए । ‘पपुलिजमको वेभले देशलाई निकास दिँदैन,’ उनले भने ।

मुलुकलाई प्रयोगशाला बनाउने खेल पनि भित्रभित्रै भइरहेको भन्दै उनले २०८४ को निर्वाचन २०८२ मा सारेर केपी ओलीको स्थानमा अर्को प्रधानमन्त्री बनाएर छिनभरमा नयाँ नेपाल निर्माण नहुने तर्क गरे । ‘नेपाललाई प्रयोगशाला बनाउने खेल निरन्तर जारी छ,’ उनले भने, ‘कहिले माओवादीका नाममा, कहिले पहिचानका नाममा र कहिले नयाँ पुस्ताको नाममा ।’ यस्ता प्रयोगशाला बनाउन खेल अबको निर्वाचनबाट अन्त्य हुनुपर्ने पनि उनले बताए ।

नेता ज्ञवालीले निर्वाचनका लागि सरकारले शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन नसकेको पनि बताए । ‘फरार कैदीबन्दी र लुटिएका ७ सय आधुनिक हतियार अझै बाहिरै छन्,’ उनले भने, ‘फरार कैदीबन्दी र आधुनिक हतियारको प्रयोग प्रतिकुल पार्टीबिरुद्धमा प्रयोग नहुने विश्वसनीय वातावरण अझै बनेको छैन् ।’


हिमाली क्षेत्रमा निर्वाचनका लागि मौसमको प्रतिकुलता रहेको उनले बताए । पूर्वमन्त्रीसमेत रहेका नेता ज्ञवालीले संसद् पुनःस्थापनाको मुद्दामा सर्वोच्चले फैसला दिन ढिलाई गर्नु नहुने बताए । ‘संवैधानिक र कानुनी हिसाबले संसद् विघटन गलत छ,’ उनले भने, ‘बहुमत सांसदले संसद् पुनःस्थापना भनेको अवस्था छ । यो मुद्दामा छिटो फैसला हुन आवश्यक छ । यस्तो संवैधानिक मुद्दामा निर्क्यौल गर्न ढिलाई गर्न हुँदैन ।’

गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार ज्ञवाली आफ्नो क्षेत्रका ६ वटा स्थानीय तहमा भेटघाट सकेर बुटवलमा रहेका मतदाता भेट्न बुधवार यहाँ आएका हुन् । बुटवलपछि गुल्मेली मतदाता भेट्न काठमाडौं पनि पुग्ने तयारी रहेको उनका निजी सचिव खेमराज ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— परवानीपुर गाउँपालिका–१ रहरीयाडिह गाउँमा बुधबार मध्यराति श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ । श्रीमती मनिताको योजनामा उनका २७ वर्षीय श्रीमान् रामेश्वर महतो मण्डल र ४८ वर्षीय सासु सुमित्राको हत्या भएको हो । मनिता घरबाटै पक्राउ परेपछि उनकै योजनामा दुवैको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको हो। दुवैको घटनास्थलमै ...
— उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका चोक–चोकमा लगाएका तथा टाँगेका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेर सार्वजनिक स्थलहरुमा तोरणसहितका सामग्री टाँगेको पाइएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले गत मंगलबार बैठक राखेको थियो। ती बैठकमा उम्मेदवार तथा दलका प्रतिनिधिले आचारसंहिता विपरितलगायका ती सामग्री हटाउने सहमति पनि जनाएका थिए। तर, ...
— गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका-३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार मापसे गरेर बुबाले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालकाे बिहान साढे ९ ...
— काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा लागेको आगो नियन्त्रणमा आएको छ । होटल सञ्चालकहरूका अनुसार बिहान ९ बजेतिर आगलागी भएको थियो । होटलको माथिल्लो तल्लामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित ...
— घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा भएको छ । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रित नगर घोषणासम्बन्धी कार्यविधि २०८१ मा व्यवस्था भएअनुसार २६ चरण र ३२ वटा सूचक पूरा गरी बिहीबार लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समिति र प्रदेश सरकारले अनुगमन गरी लैंगिक हिंसा नियन्त्रित घोषणाका सबै प्रक्रिया, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम