मुख्य समाचार
जापान सरकारको अनुदान सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनाको पुनःस्थापना कार्य सम्पन्न
जापान सरकारको अनुदान सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनाको पुनःस्थापना कार्य सम्पन्न

: चन्द्र नहर सिँचाइ प्रणाली पुनःस्थापना कार्य सम्पन्न भएको छ। जापान सरकारको अनुदान सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनाको पुनःस्थापना कार्य सम्पन्न भएको हो। मंगलबार एक कार्यक्रम आयोजना गरी परियोजना हस्तान्तरण गरिएको थियो।

सन् १९२७ मा निर्माण गरिएको चन्द्र नहर सिँचाइ प्रणाली नेपालकै पुराना सिँचाइ प्रणालीमध्ये एक हो। लामो समयदेखि मर्मतसम्भार अभावका कारण मुख्य नहरका संरचनाहरू जीर्ण बन्दै गएका थिए। प्रणालीको पानी प्रवाह क्षमता करिब ८० प्रतिशतमा सीमित थियो। भत्किने जोखिम हुँदा स्थिर सिँचाइ र आपूर्तिमा चुनौती देखिएको थियो।


यस परियोजनाअन्तर्गत मुख्य नहरभित्र रहेका ३२ वटा संरचनाको पुनःस्थापना गरिएको हो। परियोजना सन् २०२२ सेप्टेम्बरमा नेपाल सरकार र जापान सरकारबीच भएको नोट्स आदान-प्रदानपछि सुरु गरिएको थियो। यसका लागि जापान सरकारले २ अर्ब ३० करोड येन बराबरको अनुदान उपलब्ध गराएको छ।

कार्यक्रममा नेपालका लागि जापान दूतावासका उपमिशन प्रमुख यासुहारु शिन्तोले परियोजनामा संलग्न सबै पक्षको प्रशंसा गरेका थिए। उनले पुनःस्थापनापछि सिँचाइ पानीको आपूर्ति अझ प्रभावकारी भई यस क्षेत्रको कृषि उत्पादनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका थिए।

सुधारिएको सिँचाइ प्रणालीले किसान तथा स्थानीय बासिन्दाको जीवनस्तर उकास्दै दीगो सामुदायिक विकासको आधार तयार गर्ने अपेक्षा व्यक्त गरे। उनले किसानसहित सबै सरोकारवालालाई शताब्दी पुरानो यस सिँचाइ प्रणालीको उचित संरक्षण र मर्मतमा निरन्तर ध्यान दिन आग्रहसमेत गरे।

जापानबाट नेपालमा प्रदान हुँदै आएको कृषि सहयोग र सिँचाइ प्रविधि सहयोग सबैभन्दा लामो समयदेखि निरन्तर चल्दै आएको आर्थिक सहकार्य मानिन्छ। यस्तो ऐतिहासिक वर्षमै उक्त कृषि सिँचाइ परियोजना सम्पन्न हुनु खुशीको विषय भएको जापान दूतावासले जनाएको छ। दूतावासले यो सहयोगले क्षेत्रको दीगो विकासमा योगदान पुर्‍याउने र नेपाल-जापान जनताबीचको मित्रता अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानका पाण्डा प्रेमीहरूका लागि यो साता निकै नमज्जा बनेको छ। टोक्योको उएनो चिडियाखानामा रहेका अन्तिम दुई जुम्ल्याहा पाण्डा ‘शाओ शाओ’ र ‘लेई लेई’ जनवरी २७ मा चीन फर्किँदै छन्। यी पाण्डाहरूमाथि चीनको स्वामित्व रहेको छ। आइतबार चिडियाखानामा यी पाण्डाहरूलाई अन्तिम पटक सार्वजनिक रूपमा प्रदर्शन गरियो। हजारौँ मानिसहरू अन्तिम बिदाइका लागि पुगेका थिए। भीड धेरै भएकाले ...
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम