मुख्य समाचार
जेनजी आन्दोलनका क्रममा गोली चलाउन आफूले कुनै आदेश नदिएको
जेनजी आन्दोलनका क्रममा गोली चलाउन आफूले कुनै आदेश नदिएको

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गोली चलाउन आफूले कुनै आदेश नदिएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा विभिन्न भ्रम फैलाइएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूले त्यस्तो आदेश नदिएको बताएका हुन्।'




'हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन। आदेश दिन सोच्न पनि सक्दिनँ,' उनले उल्लेख गरेका छन्।


अध्यक्ष ओलीले माइतीघरको शान्तिपूर्ण आन्दोलन गरिरहेका युवाहरूलाई संसद भवनतर्फ घुसपैठ गरी लगिएको आरोप लगाएका छन्। 'करिब १२ बजेतिर घुसपैठ गर्ने तत्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेका दृश्य सबैले देखेका छौँ। आयोजकहरूले बारम्बार घुसपैठ भएको जानकारी दिएर युवाहरूलाई घर फर्किन आग्रह पनि गरे। तर, योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्‍याउन खोजे। किनकि उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमण हुनथाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ। संसद भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले 'आन्दोलन' होइन, 'राज्यविरुद्धको हमला' मान्छ,' उनले भने।




उनले माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो कानुनले बल प्रयोग गर्नैपर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो? भन्ने प्रश्नको जवाफ खोज्न आग्रह पनि गरेका छन्।

यस्तो ओलीको स्टाट्स

प्रिय भाइबहिनीहरु !
केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ; मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ।

त्यस दिनको दुःखद् घटनापछि मैले तत्काल पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाएको थिएँ। ज्यान गुमाउन बाध्य भएका १९ जना नानी-बाबुहरूप्रति मेरो गहिरो श्रद्धाञ्जली छ। त्यो पीडा आजसम्म पनि मसँगै छ।

सरकारले त्यतिबेला घुसपैठको सम्भावना भएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय लिएको थियो। तर जब युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागे, प्रशासनले सहजै अनुमति दियो। म स्वयंले पनि अघिल्लो दिन जेनजी सुझबुझ भएका हाम्रा युवाहरू अनुशासित र सचेत छन् भनेर सार्वजनिक रूपमा भनेको थिएँ। त्यसैले माइतीघरमा बिहान सुरु भएको जेनजी प्ररदर्शन शान्तिपूर्वक चल्यो न गोली चल्यो, न लाठी प्रहार भयो।

तर करिब १२ बजेतिर घुसपैठ गर्ने तत्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेका दृश्य सबैले देखेका छौँ। आयोजकहरूले बारम्बार घुसपैठ भएको जानकारी दिएर युवाहरूलाई घर फर्किन आग्रह पनि गरे। तर योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्‍याउन खोजे। किनकि उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमण हुनथाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ।

संसद भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले “आन्दोलन” होइन, “राज्यविरुद्धको हमला” मान्छ। संसद भवन भित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो, र त्यसपछि २ घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ।

यदि त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए? यदि संसद भवन जलेको भए? के त्यतिबेला पनि ज्यान जाने थिएन? विस्फोटक सामग्रीसहित आएका उनीहरू त्यसै फर्किन्थे? ती समूहहरूको उद्देश्य नै अराजकता फैलाएर देशलाई हिंसामा धकेल्ने थियो भन्ने कुरा पछिल्ला घटनाहरूले स्पष्ट देखाउँछ।

फेरि भाद्र २४ गतेको विध्वंशलाई हेर्छु, मेरो राजीनामापछि नै सिंहदरवार राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरु जलाईएको हो। भाइबहिनीहरुलाई थाहा छ- संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै घण्टा हतियारसहित कमब्याट पोजिसनमा उभिएको हुन्छ। उनीहरुले सरकारको आदेश होइन, कानुनको सपथ लिएका हुन्छन्। त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन।

म फेरि पनि स्पष्ट पार्न चाहन्छु- तपाईंहरुको माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो? थिएन। बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो? थिएन। बालबालिकाहरूलाई घेरेर उनीहरूले यस्तो ठाउँमा पुर्‍याए, जहाँ कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ। म खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार छु। सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न सबै नागरिकलाई विनम्र आग्रह गर्छु। १९ जना नानीबाबुको मृत्युप्रति म अत्यन्त मर्माहत छु।

अन्त्यमा, एउटा आग्रह गर्न चाहन्छु, माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो? यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले बुधबारसम्म २१ वटा स्पष्टीकरण सोधेकोमा पाँचवटाको मात्र जवाफ आएको जनाएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा स्पष्टीकरण सोधिएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। त्यस्तै निर्वाचन ...
: गुल्मीमा तीन महिने शिशुको हत्या गरिएको छ। जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारमा मादक पदार्थ सेवन गरी आफ्नै तीन महिनाको नाबालक छोराको आफ्नै बाबुले हत्या गरेको खुलेको छ। गएराति करिब ८ बजेको समयमा ४६ वर्षीय सन्तबहादुर कुमालले मापसे सेवन गरी तीन महिनाका छोरा सुवास कुमाललाई भुइँमा पछारेर शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सीटी स्क्यान मेसिन खरिदमा अनियमितता भएको ठहर गर्दै १९ जना व्यक्ति र एक कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो। अख्तियारका अनुसार प्रतिष्ठानका तत्कालीन उपकूलपति भण्डारी,तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव,निर्देशक डा.सागर ...
: प्रहरीले लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। कागेश्वरी मनहरा नगरपालिका- ६, मूलपानीमा सुनको गरगहना लुटपाट गर्ने (स्न्याचिङ गर्ने ग्रुप) समूहलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर संगठित रूपमा लुटपाट गर्ने १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ। उक्त समूह जेनजी आन्दोलनपछि बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। काठमाडौंका एसएसपी रमेश ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दावी गरे। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए। उनले अघिल्लो निर्वाचनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम