मुख्य समाचार
दैनिक किनमेल र उधारो भुक्तानीको बहानामा नक्कली नोटको प्रयोग
दैनिक किनमेल र उधारो भुक्तानीको बहानामा नक्कली नोटको प्रयोग

: मोरङको रंगेलीमा दैनिक किनमेल र उधारो भुक्तानीको बहानामा नक्कली नोटको प्रयोग भएको पाइएको छ। नक्कली नोट चलाउने प्रयासलाई प्रहरीले असफल बनाएको छ।




नक्कली एक हजार दरका नोट प्रयोग गरेको आरोपमा रंगेली नगरपालिका–२ का ४५ वर्षीय सहमद हुसेन मंगलबार राति पक्राउ परेका छन्। घटनाले सामान्य देखिने खुद्रा कारोबारभित्र लुकेको नक्कली नोटको जालो उजागर गरेको छ भने प्रहरीले यसमा संगठित गिरोह संलग्न हुनसक्ने आशंकासहित अनुसन्धानलाई तीव्र बनाएको छ।


प्रहरीका अनुसार हुसेनले रंगेलीमा नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलबाट रेडबुल खरिद गर्दा एक हजार दरको नक्कली नोट दिएका थिए। त्यसैगरी, उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो रकम तिर्दा पनि उनले उस्तै दरको नक्कली नोट प्रयोग गरेका थिए। नोटको कागज, छाप र बनावट अस्वाभाविक देखिएको जानकारी पाउनसाथ पुगेको प्रहरीले हुसेनलाई राति ८ बजेतिर पक्राउ गरेको हो।




प्रारम्भिक सोधपुछका क्रममा उनले घरमा समेत नक्कली नोट रहेको संकेत दिएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोली घरमा पुगेको थियो। खानतलासीका क्रममा हुसेनले प्रयोग गर्दै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सीटी सफारीको चालक बस्ने सिटको डिकीभित्र एक हजार दरका दुईवटा नक्कली नोट फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए।

उनका अनुसार हुसेनको शरीरबाट पनि अर्को एक हजार दरको नक्कली नोट बरामद गरिएको छ। पसलमा प्रयोग गरिएको, साथबाट बरामद भएको र सवारी साधनमा लुकाइएका गरी पाँचवटा नक्कली नोट प्रहरीले बरामद गरेको छ। हुसेनलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी एसपी कटवालले दिए।

उनका अनुसार नक्कली नोटको कारोबारमा एक व्यक्ति मात्रै नभएर संगठित गिरोह नै रहेको आशंका गरिएको छ। हुसेनले नक्कली नोट कहाँबाट ल्याएका हुन्, कसले उपलब्ध गराएको हो र यसमा अरू को–को संलग्न छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाउँदै नक्कली नोटको स्रोत पहिचान र यसमा संलग्न अन्य व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ।

एसपी कटवालले शंकास्पद नोट देखिएमा तत्काल प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन्। नक्कली नोटको प्रयोगले आर्थिक क्षति हुनुका साथै बजारको विश्वासमै आघात पुर्‍याउने भएकाले यस्ता घटनालाई गम्भीर रूपमा लिइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले बुधबारसम्म २१ वटा स्पष्टीकरण सोधेकोमा पाँचवटाको मात्र जवाफ आएको जनाएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा स्पष्टीकरण सोधिएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। त्यस्तै निर्वाचन ...
: गुल्मीमा तीन महिने शिशुको हत्या गरिएको छ। जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारमा मादक पदार्थ सेवन गरी आफ्नै तीन महिनाको नाबालक छोराको आफ्नै बाबुले हत्या गरेको खुलेको छ। गएराति करिब ८ बजेको समयमा ४६ वर्षीय सन्तबहादुर कुमालले मापसे सेवन गरी तीन महिनाका छोरा सुवास कुमाललाई भुइँमा पछारेर शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सीटी स्क्यान मेसिन खरिदमा अनियमितता भएको ठहर गर्दै १९ जना व्यक्ति र एक कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो। अख्तियारका अनुसार प्रतिष्ठानका तत्कालीन उपकूलपति भण्डारी,तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव,निर्देशक डा.सागर ...
: प्रहरीले लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। कागेश्वरी मनहरा नगरपालिका- ६, मूलपानीमा सुनको गरगहना लुटपाट गर्ने (स्न्याचिङ गर्ने ग्रुप) समूहलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर संगठित रूपमा लुटपाट गर्ने १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ। उक्त समूह जेनजी आन्दोलनपछि बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। काठमाडौंका एसएसपी रमेश ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दावी गरे। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए। उनले अघिल्लो निर्वाचनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम