मुख्य समाचार
नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट
नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट

: नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट भएको छ। नेपालमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराउँदै विश्वकपका लागि छनोट भएको हो।

त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई डीएलएस (डकवर्थ लुइस स्ट्रेन)को माध्यमबाट २१ रनले हराउँदै नेदरल्यानड्सले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।


अमेरिकाले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १२ ओभरमा २ विकेटको क्षतिमा ९० रन बनाएको हो। त्यसपछि भने वर्षा सुरु हुँदा खेलको नतिजा डीएलएस माध्यमबाट गरिएको थियो।

नेदरल्यान्ड्ससँगै बंगलादेश महिला क्रिकेट टिमले पनि विश्वकप २०२६ मा स्थान बनाएको छ। नेदरल्यान्ड्सले समूह चरणबाट ४ अंक लिँदै सुपर सिक्समा आएको थियो। बंगलादेश समूह एबाट ४ अंक लिँदै सुपर सिक्समा आएको थियो। जसका कारण यी दुवै टोलीले सुपर सिक्सको पहिलो खेल जित्दै विश्वकप २०२६ मा छनोट भएका हुन्।

इङ्ल्यान्ड्स र वेल्समा संयुक्तरुपमा आयोजना हुने यस प्रतियोगितामा अब ग्लोबल क्वालिफार्यसबाट थप २ टोलीले सहभागीता जनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम