मुख्य समाचार
अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा
अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा

— विश्वको सबैभन्दा ठूलो ई–कमर्स प्लाटफर्म अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

पछिल्लो तीन महिनामा कम्पनीले गरेको यो दोस्रो ठूलो जनशक्ति छाँटकाँट हो । कम्पनीले आफ्ना बाँकी भौतिक स्टोर, किराना र गो मार्केटहरू बन्द गर्ने जनाएको छ । ग्राहकको हत्केला स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्ने प्रविधि ‘अमेजन वान’ पनि बन्द हुने भएको छ ।

अमेजनले यसअघि सन् २०२५ को अक्टोबरमा लगभग १४ हजार पद खाली गरेको रिपोर्ट बाहिरिएका थिए । पछिल्लो कटौतीसँगै अमेजनबाट ३० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । कम्पनीकी वरिष्ठ उपाध्यक्ष बेथ गलेतीले एक मेमोमा भनेकी छन्, ‘जुन पद र प्रणालीहरूले कामको गति र निर्णय क्षमतामा बाधा पुर्‍याइरहेका छन्, तिनलाई घटाएर कार्य क्षमता सुधार्दै जाने हाम्रो लक्ष्य छ ।’

अमेजनले सन् २०२२ र सन् २०२३ मा पनि करिब २७ हजार कर्मचारी कटौती गरेको थियो । त्यसलाई कोभिड महामारीपछि ठूलो संख्यामा विस्तार गरिएका पद समायोजन गर्ने कदमका रूपमा अर्थ्याइएको रोयटर्सले जनाएको छ । त्यो बेला अनलाइन सपिङको बजार तीव्र बढेकाले धेरै नियुक्ति गरिएको अमेजनको दाबी छ ।

तथापि कम्पनीले अनलाइन इकाइबाट मात्र नभएर अमेजन वेब सर्भिस, अलेक्स भ्वाइस एसिस्टेन्ट, प्राइम भिडियो, डेलिभरी, विज्ञापनलगायत इकाइबाट पनि कर्मचारी निष्कासन गरेको रोयटर्सले जनाएको छ । कम्पनीमा हाल १५ लाख ८० हजार कर्मचारी कार्यरत छन् ।

अमेजन मात्र होइन, केही वर्षयता अन्य ठूला प्रविधि कम्पनीहरूले पनि धमाधम कर्मचारी हटाउँदै आएका छन् । यसलाई उनीहरूले ‘नियमित पुनःसंरचना’ भन्दै आएका छन् । माइक्रोसफ्टले सन् २०२५ मा विभिन्न शाखा र प्रोडक्सन युनिटबाट करिब ९ हजार कर्मचारी हटाएको थियो । टाइम्स अफ इन्डियाका अनुसार इन्टेलले पनि लगभग २२ हजार कर्मचारी केही वर्षभित्रै कटौती गरेको छ । कम्पनीले यसलाई आफ्नो सेमिकन्डक्टर व्यवसायको पुनःसंरचना गर्ने प्रयासका रूपमा सार्वजनिक गरेको छ ।



मेटाले पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रियालिटी ल्याब्स जस्ता विभागमा हजारौँ रोजगारी घटाउँदै लगेको रोयटर्सको रिपोर्ट छ । गुगलले विभिन्न विभागमा सयौं कर्मचारी कटौती गर्दै एआई र क्लाउडमा पुनः लगानी गरिरहेको छ । समग्रमा, सन् २०२५ मा विश्वभर प्रविधि क्षेत्रका १ लाखभन्दा बढी कर्मचारी जागिरबाट निकालिएका थिए । यस्तो कटौतीले अमेरिकी, क्यानडा, भारत र युरोपका प्रविधि क्षेत्रमा कार्यरत पेसाकर्मीमाथि गम्भीर प्रभाव पारेको बिजिनेस टुडेको अनुमान छ ।

विश्लेषकहरूको धारणामा अहिलेको छाँटकाँटको लहर वित्तीय दबाबको परिणाम मात्रै नभएर प्रविधि र एआईकेन्द्रित पुनःसंरचनाको संकेत पनि हो । ब्लुमबर्गमा विश्लेषक रोजर ली भन्छन्, ‘कम्पनीहरूले एआई र अटोमेसनमा लगानी बढाउन पुराना, म्यानुअल र एआईले गर्न सक्ने भूमिका घटाइरहेका छन् । यसले सामान्य र नियमित प्रशासनिक तथा सफ्टवेयर इन्जिनियरिङ जस्ता भूमिकामा प्रतिस्थापनको जोखिम बढाएको छ ।’

केही सुरुवाती तहका कर्मचारीलाई एआई टुलहरूले प्रतिस्थापन गर्न सक्ने र त्यसले रोजगारीको संरचना नै बदलिरहेको कतिपय श्रमबजार विज्ञहरूको भनाइ छ । म्याकेन्जी ग्लोबलको एक अध्ययनले सन् २०३० सम्ममा एआईका कारण झन्डै ८० करोड रोजगारी प्रतिस्थापन हुने जोखिममा रहेको उल्लेख गरेको छ । तथापि एआईले नै हाल १३ लाख नयाँ रोजगारी सिर्जना गरिसकेको लिङडइनको डेटालाई उद्धृत गर्दै विश्व आर्थिक मञ्चले जनाएको छ । एआई इन्जिनियर र डेटाको काम गर्नेहरूको माग बढिरहेको मञ्चको जनवरी १५ को रिपोर्टमा उल्लेख छ ।

सन् २०२५ मा प्रकाशित विश्व आर्थिक मञ्चको ‘द फ्युचर अफ जब्स रिपोर्ट’ मा यस दशकभित्र १७ करोड नयाँ रोजगारी सिर्जना हुने भनिएको छ । मूलतः प्रविधि, नवीकरणीय एवं स्वच्छ ऊर्जा, आर्थिक र जनसांख्यिक परिवर्तनमा आधारित नयाँ रोजगारीहरूले विश्वव्यापी श्रम बजारकै पुनःसंरचना गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘नयाँ सिर्जना भएका रोजगारीहरू विद्यमान रोजगारीको १४ प्रतिशत हुनेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘यही क्रममा ९ करोड २० लाख रोजगारी प्रतिस्थापन हुँदै छन् ।’

यही सन्दर्भमा, अमेजन, पिन्टरेस्ट, मेटा, माइक्रोसफ्टलगायत कम्पनीहरू निरन्तर कर्मचारी कटौतीको तयारीमा रहेकाले सन् २०२६ मा पनि यो क्रम जारी रहने अनुमान गरिएको छ । सन् २०२५ मा एआईका कारण रोजगारी गुमाउनेहरूमध्ये ५ देखि १० प्रतिशत भारतका रहेको केही रेडिट पोस्टमा दाबी गरिए पनि त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...