मुख्य समाचार
विभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने
विभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने

— विभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पछिल्लो समय आप्रवासीहरूलाई लक्षित गर्दै अनुदार नीति अख्तियार गरेपछि नयाँ नियम लागू भएको हो। हाललाई आप्रवासी भिसा समेत बन्द गरेको अमेरिकाले स्वास्थ्य उपचार, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता सेवामा पाउने गरेको सहुलियत समेत बन्द गरेको हो।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार अब ती कुनै पनि सेवा लिन विदेशी नागरिकले पाउने छैनन्। त्यसको प्रत्यक्ष असर नेपालीलाई पनि पर्ने भएको हो। अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा धेरै नेपाली अमेरिका जाने गरेका छन्। त्यहाँ पुगेका उनीहरुले अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिने गरेका थिए।

दूतावासका अनुसार अब गलत सूचना दिएर ती सेवा लिए भिसा, ग्रिनकार्ड समेत रद्द हुने छ। ‘अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेको कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनैपनि सुविधा वा सहायता माथि निर्भर भए गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्द समेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ,’ दूतावासले आफ्नो सूचनामा भनेको छ, ‘विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीहरूमध्ये सन् २०२४ मा गएकाहरूको तथ्यांकले मात्रै पनि नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकोले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको छ।’

गलत सूचना दिएर सहुलियत लिने कामले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति अझ कडा हुन सक्ने भन्दै दूतावासले त्यसप्रति सचेत गराएको छ। ‘अतः विभिन्न उदेश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकहरूले संयुक्त राज्य अमेरिकामा रहँदा गैरकानूनी तवरले वा गलत सूचना वा विवरण पेश गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधा/सहायतामाथि निर्भर नहुन/नगराउनुहुन, साथै बी१/बी२ भिसाको दुरुपयोग नगर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ,’ सूचनामा भनिएको छ ।

पहिले नै भिसा बन्ड नतिर्न आग्रह

यसै गरी बी१/बी२ (व्यवसाय/पर्यटन) भिसामा अमेरिका गएका नेपालीहरू अमेरिकामा ओभरस्टे गरेको र तोकिएको भन्दा फरक काममा संलग्न भएको भन्दै नेपालीहरूलाई धरौटी (भिसा बन्ड) राख्नुपर्ने नियम समेत लगाएको छ।



अमेरिकाले गत २१ जनवरी २०२६ देखि लागू हुने गरी बी१/बी२ भिसा आवेदनमा धरौटी राख्नपर्ने नियम लागू गरेको हो।अब यस्तो भिसा आवेदन दिन नेपालीले ५००० देखि १५००० सम्म अमेरिकी डलर जम्मा गर्नुपर्ने हुन्छ।

यसले अमेरिकी भिसा प्राप्त गर्ने बाटो झन कठिन बनाएको छ। यसैबीच नेपालस्थित अमेरिकी दूतावासले अग्रिम रूपमा भिसा बन्ड नतिर्न समेत सचेत गराएको छ। अन्तर्वार्ताअघि बन्ड तिर्दैमा भिसा स्वीकृत हुन्छ भन्ने सुनिश्चितता नभएको भन्दै दूतावासले त्यसो नगर्न नेपाली नागरिकलाई आग्रह गरेको हो।

‘अग्रिम रूपमा भिसा बन्ड नतिर्नुहोस्,’ दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘अन्तर्वार्ताअघि बन्ड तिर्दैमा भिसा स्वीकृत हुन्छ भन्ने सुनिश्चित हुँदैन। यदि तपाईंले भिसा पाउनुभयो भने, अन्तर्वार्तापछि मात्र कन्सुलर अधिकृतले सही वेबसाइटको प्रत्यक्ष लिंकसहित बन्ड कसरी तिर्ने भन्ने निर्देशन दिनुहुन्छ।’

अन्तर्वार्ताअघि जम्मा गरेको धरौटी फिर्ता नहुने समेत सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम