मुख्य समाचार
विभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने
विभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने

— विभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पछिल्लो समय आप्रवासीहरूलाई लक्षित गर्दै अनुदार नीति अख्तियार गरेपछि नयाँ नियम लागू भएको हो। हाललाई आप्रवासी भिसा समेत बन्द गरेको अमेरिकाले स्वास्थ्य उपचार, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता सेवामा पाउने गरेको सहुलियत समेत बन्द गरेको हो।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार अब ती कुनै पनि सेवा लिन विदेशी नागरिकले पाउने छैनन्। त्यसको प्रत्यक्ष असर नेपालीलाई पनि पर्ने भएको हो। अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा धेरै नेपाली अमेरिका जाने गरेका छन्। त्यहाँ पुगेका उनीहरुले अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिने गरेका थिए।

दूतावासका अनुसार अब गलत सूचना दिएर ती सेवा लिए भिसा, ग्रिनकार्ड समेत रद्द हुने छ। ‘अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेको कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनैपनि सुविधा वा सहायता माथि निर्भर भए गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्द समेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ,’ दूतावासले आफ्नो सूचनामा भनेको छ, ‘विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीहरूमध्ये सन् २०२४ मा गएकाहरूको तथ्यांकले मात्रै पनि नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकोले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको छ।’

गलत सूचना दिएर सहुलियत लिने कामले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति अझ कडा हुन सक्ने भन्दै दूतावासले त्यसप्रति सचेत गराएको छ। ‘अतः विभिन्न उदेश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकहरूले संयुक्त राज्य अमेरिकामा रहँदा गैरकानूनी तवरले वा गलत सूचना वा विवरण पेश गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधा/सहायतामाथि निर्भर नहुन/नगराउनुहुन, साथै बी१/बी२ भिसाको दुरुपयोग नगर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ,’ सूचनामा भनिएको छ ।

पहिले नै भिसा बन्ड नतिर्न आग्रह

यसै गरी बी१/बी२ (व्यवसाय/पर्यटन) भिसामा अमेरिका गएका नेपालीहरू अमेरिकामा ओभरस्टे गरेको र तोकिएको भन्दा फरक काममा संलग्न भएको भन्दै नेपालीहरूलाई धरौटी (भिसा बन्ड) राख्नुपर्ने नियम समेत लगाएको छ।



अमेरिकाले गत २१ जनवरी २०२६ देखि लागू हुने गरी बी१/बी२ भिसा आवेदनमा धरौटी राख्नपर्ने नियम लागू गरेको हो।अब यस्तो भिसा आवेदन दिन नेपालीले ५००० देखि १५००० सम्म अमेरिकी डलर जम्मा गर्नुपर्ने हुन्छ।

यसले अमेरिकी भिसा प्राप्त गर्ने बाटो झन कठिन बनाएको छ। यसैबीच नेपालस्थित अमेरिकी दूतावासले अग्रिम रूपमा भिसा बन्ड नतिर्न समेत सचेत गराएको छ। अन्तर्वार्ताअघि बन्ड तिर्दैमा भिसा स्वीकृत हुन्छ भन्ने सुनिश्चितता नभएको भन्दै दूतावासले त्यसो नगर्न नेपाली नागरिकलाई आग्रह गरेको हो।

‘अग्रिम रूपमा भिसा बन्ड नतिर्नुहोस्,’ दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘अन्तर्वार्ताअघि बन्ड तिर्दैमा भिसा स्वीकृत हुन्छ भन्ने सुनिश्चित हुँदैन। यदि तपाईंले भिसा पाउनुभयो भने, अन्तर्वार्तापछि मात्र कन्सुलर अधिकृतले सही वेबसाइटको प्रत्यक्ष लिंकसहित बन्ड कसरी तिर्ने भन्ने निर्देशन दिनुहुन्छ।’

अन्तर्वार्ताअघि जम्मा गरेको धरौटी फिर्ता नहुने समेत सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...