मुख्य समाचार
कतारमा वैध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउनेहरूलाई कैद सजाय र अत्यधिक जरिवाना हुन सक्ने चेतावनी
कतारमा वैध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउनेहरूलाई कैद सजाय र अत्यधिक जरिवाना हुन सक्ने चेतावनी

— नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येको एक कतारमा वैध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउनेहरूलाई कैद सजाय र अत्यधिक जरिवाना हुन सक्ने चेतावनी त्यहाँको गृह मन्त्रालयले दिएको छ।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश जारी गर्दै लाइसेन्स बिना सवारी चलाउनु गम्भीर ट्राफिक अपराध भएको उल्लेख गरेको छ र यसले सडक सुरक्षामा प्रत्यक्ष जोखिम सिर्जना गर्ने जनाएको छ। यस्तो कसुर मिलापत्र वा सहमतिबाट समाधान हुन नसक्ने पनि मन्त्रालयको स्पष्टिकरण छ।

कतारको ट्राफिक कानुनको धारा ९४ अनुसार लाइसेन्स बिना सवारी चलाएको पुष्टि भएमा एक महिनादेखि तीन वर्षसम्म कैद, न्यूनतम १० हजारदेखि अधिकतम ५० हजार कतारी रियालसम्म जरिवाना, वा यी दुईमध्ये कुनै एक सजाय हुने व्यवस्था छ। मन्त्रालयका अनुसार यो नियम वैध कतारी ड्राइभिङ लाइसेन्स नहुने व्यक्तिहरूमा लागू हुन्छ। तर, वैध लाइसेन्स भए पनि जाँचका बेला कार्ड साथमा नराखेका चालकको हकमा ‘मेत्राश’ एपमार्फत डिजिटल रूपमा लाइसेन्स पुष्टि गर्न सकिने व्यवस्था छ।

सडक दुर्घटना न्यूनीकरण र जिम्मेवार सवारी संस्कृतिको विकास गर्ने उद्देश्यले यस्तो जनचेतनामूलक अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...

: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम