— अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण भइरहेको प्रसारणलाइनको मधयरेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न रोक लगाएको छ ।
अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै प्रसारण लाइनको दायाँ-बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफल जग्गामा कसैले कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गरेको हो । मन्त्रिपरिषद्ले विद्युत् ऐन, २०४९ को दफा ३३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेको समेत उल्लेख छ ।
उपदफा ३ मा नेपाल सरकारले वा अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत्को उत्पादन प्रसारण वा वितरणसम्बन्धी कुनै निमार्ण कार्य गरेकोमा त्यस्तो निर्माण कार्य भएको ठाउँ वा सो ठाउँको वरीपरी तोकिएको दुरीमा पर्ने घर जग्गा अरु कसैले कुनै खास कामको निमित्त प्रयोऊ गर्न पनयाउने गरी नेपाल सरकारले निषेध गर्न सक्ने उल्लेख छ । त्यसरी निषेध गरिएको कारणबाट सम्बन्धित व्यक्तिलाई पर्ने हानिनोक्सानी बापत नेपाल सरकार वा अनुमतिपत्र प्राप्त व्यक्तिले तोकिए बमोजिम क्षतिपूर्ति दुने समेत सोही उपदफा भनिएको छ ।
‘मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले निर्माण गर्ने ४ सय केभी विद्युत् प्रसारण लाइनको लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काठमाडौं जिल्लाका देहाय बमोजिमका जग्गामा पर्ने विद्युत् प्रसारण लाइनको मधयरेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफल जग्गामा कसैले कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गरेकोले विद्युत् नियमावली, २०५० को नियम ६६ को उपनियम १ प्रयोजनका लागि,’ सूचनामा उल्लेख छ ।
नयाँ बुटवलदेखि नयाँ दमौली, नेपाल भारत सिमानादेखि नयाँ बुटवल, नयाँ दमौली रातमाटे सबस्टेसन, नयाँ दमौली रातमाटे सबस्टेसन, रातमाटेदेखि नयाँ हेटौंडा, रातमाटेदेखि लप्सीफेदी,रातामाटेदेखि नयाँ दमौली, रातामाटेदेखि नयाँ हेटौंडा प्रसारणलाइन विस्तार खण्डमा पर्ने जग्गामा रोक लगाएको छ । एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ३१५ कीमीको सम्झौता गरिसकेको छ ।
(एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ। आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौँ जिल्लामा निर्माणाधीन लप्सिफेदी सबस्टेशनबाट नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेशन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेशनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ। '
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसीए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको छ। यस सम्झौता अन्तर्गत उक्त ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिनेछ।
एमसीए नेपालले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे – नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली – नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको छ । संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम गरिनेछ।
एमसीए नेपालले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माण गर्न १ करोड २३ लाख ६० हजार अमेरिकी डलरमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता गरेको थियो ।