मुख्य समाचार
चुनावी अभियान भ्याएका बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई बिना कुनै सम्बोधन मौन अभियान
चुनावी अभियान भ्याएका बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई बिना कुनै सम्बोधन मौन अभियान

। कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् । सुदूरपश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई बिना कुनै सम्बोधन मौन अभियान सञ्चालन गरेका हुन् ।

जिल्लाका रहेका पार्टी कार्यालय र उम्मेदवारहरूका चुनावी सम्पर्क कार्यालयमा घण्टी बजाउँदै सर्मथकहरू माझ उपस्थित भए पनि उनले कुनै पनि कार्यक्रममा सम्बोधन गरेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता बालेनले चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीबाट सुदूरपश्चिमको चुनावी अभियान थालेका थिए ।


कैलाली–२ बाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । खनाल रास्वपाभित्र बालेन निकट युवा नेताका रूपमा चिनिन्छन् । चुनावी अभियानका क्रममा आफ्नो पार्टीका उम्मेदवारहरूसित भलाकुसारी र सामान्य छलफल गरे पनि सार्वजनिक मञ्चबाट भाषणबाजी नगरे पनि यात्राका क्रममा उनले डोट्याली भाषामा स्टाटस लेख्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

लम्कीपछि धनगढी हुँदै कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को पुनर्बास पुगेका शाहले सोही दिन कञ्चनपुरको शुक्लाफाँटा र महेन्द्रनगरमा रहेको पार्टी कार्यालय पुगेर घण्टी बजाउने र शुभेच्छुक माझ प्रस्तुत भए । यो क्रममा शाहले डडेल्धुराको प्रसिद्ध बाजेको खीरको स्वाद लिनेदेखि हिँउसित फोटो खिच्नुका साथै विभिन्न स्थानको अवलोकन गरेको तस्बीर सामाजिक सञ्जालमार्फत भाइरल भए ।




अभियानकै क्रममा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका विभिन्न स्थानमा चुनावी अभियान सकेर शुक्रबार बालेनको टिम कर्णालीतर्फ प्रस्थान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिश भट्टले जानकारी दिए । ‘बालेन अहिले कालिकोटको मान्म पुग्नुभएको छ’, रास्वपाका समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टले भने, ‘अब चाँडै पार्टीले प्रदेश सरकारका चुनावी सभा आयोजना गर्दा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।’

नेता भट्टका अनुसार सुदूरपश्चिम भ्रमणका क्रममा वरिष्ठ नेता बालेनले पार्टीका उम्मेदवारहरूसित स्थानीयस्तरमा विद्यमान समस्या, मतदाता र पार्टीको अवस्थाबारे जानकारी लिने गरेका थिए । ‘उम्मेदवारहरूसित छोटोमा छलफल गर्नुभयो’, भट्टले भने, ‘बालेनको सुदूरपश्चिम भ्रमणले उत्साह जगाएको छ ।’

उनले निर्वाचन आचारसंहितालाई ख्याल गरेर सम्बोधन नगरिएको बताए । जिल्लाहरूमा छोटो भेटघाट र यात्राका क्रममा बाटोमा भेटिएका सर्मथकहरूसित हार्दिकता साटेर उनी कर्णालीको यात्रामा रहेको भट्टको भनाइ छ । बालेनको सुदूर यात्रामा उनीप्रतिको क्रेज अत्यधिक देखिएको रास्वपाका नेताहरूले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए । उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ । यसका साथै होटल, ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन भनेको व्यक्तिको नभई राजनीतिक मुद्दाको अनुमोदन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सामाजिक सञ्जालको आडमा चर्चित भनिएका व्यक्तिलाई जनताले अनुमोदन गर्न नहुने बताए । ‘निर्वाचन भनेको राजनीतिक मुद्दाहरूबीचको प्रतिस्पर्धा हो । कुन राजनीतिक दलले कस्ता मुद्दा उठाएका छन् । मुद्दाका आधारमा कुनै पनि पार्टी नयाँ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गरेका छन् । शुक्रबार सर्लाही–४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै यस्तो बताएका हुन् । ‘अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन । हिजोको सबै खराब हुने ...
। नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् । सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे । ‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले ...
। नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट एकताबाट आफूहरू नभई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिस्ट एकताबाट भागेर प्रचण्डलगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको बताएका हुन् । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनको भनाइ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम