मुख्य समाचार
नयाँ भनिएकासँग पनि विचार छैन, एजेन्डा छैन
नयाँ भनिएकासँग पनि विचार छैन, एजेन्डा छैन

। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूसँग पनि मुलुकलाई निकास दिने कुनै एजेन्डा नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग उनले यस्तो टिप्पणी गरेका हुन् ।


कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरूले मुलुकमा संकट निम्त्याएको तर त्यो संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरूमा पनि नदेखिएकाले मुलुक दुर्घटनातर्फ नै उन्मुख रहेको बताए ।

उनले नयाँ राजनीतिक दलहरूलाई नालायक भएकाले यसबाट पनि जनताले कुनै पनि खालको अपेक्षा गर्ने अवस्था नभएको बताए ।


भुसालले भने, ‘मैले राजनीतिक रूपमा मात्रै भन्छु–पुराना पार्टीहरू, जो दलाल पूँजीवादीसँग, बिचौलियातन्त्रसँग उनीहरूले लगनगाँठो गाँसेका थिए । त्यो संकट जेनजीका रूपमा आएको हो । त्यो भन्दा अघि नै हामीले अनेक संकट बेहोर्दै आएका छौं । यो पुनरुत्थानवादले वा पूर्वराजा ज्ञानेन्द्र शाहले एकचोटी चुनौती खडा गरे । त्यो एक हिसाबले राज्यले सामना गर्‍यो । तर उसले जेनजीको घटनालाई सामना गर्न सकेन ।’

उनले अगाडि भने, ‘यी पार्टीहरूबाट हामीले अपेक्षा गर्ने अवस्था भएन । यो देश दुनियाँले बुझिनै सकेको छ । यसबाट भएन भने लायकहरू त कोही न कोही आउनु पर्दथ्यो । उनीहरू पनि नालायक भए । तिनीसँग पनि विचार छैन, एजेन्डा छैन । यसकारण मुलुक हुने त दुर्घटना नै हो ।’

कार्यवाहक अध्यक्ष भुसालले दलहरूले दलाल पूँजीवादीहरूको सेवा गरेकाले त्यसका विरुद्ध जेनजी आन्दोलन भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए । उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ । यसका साथै होटल, ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन भनेको व्यक्तिको नभई राजनीतिक मुद्दाको अनुमोदन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सामाजिक सञ्जालको आडमा चर्चित भनिएका व्यक्तिलाई जनताले अनुमोदन गर्न नहुने बताए । ‘निर्वाचन भनेको राजनीतिक मुद्दाहरूबीचको प्रतिस्पर्धा हो । कुन राजनीतिक दलले कस्ता मुद्दा उठाएका छन् । मुद्दाका आधारमा कुनै पनि पार्टी नयाँ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गरेका छन् । शुक्रबार सर्लाही–४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै यस्तो बताएका हुन् । ‘अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन । हिजोको सबै खराब हुने ...
। नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् । सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे । ‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले ...
। नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट एकताबाट आफूहरू नभई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिस्ट एकताबाट भागेर प्रचण्डलगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको बताएका हुन् । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनको भनाइ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम