मुख्य समाचार
म्यानमारमा अनलाइन स्क्यामिङमा संलग्न ४ जनालाई नेपाल फर्काइयो
म्यानमारमा अनलाइन स्क्यामिङमा संलग्न ४ जनालाई नेपाल फर्काइयो

। म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत ४ नेपालीलाई स्वदेश फर्काइएको छ । ४ चार जना नेपालीलाई थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी आज शुक्रबार नेपाल फर्काइएको हो ।

नेपाल फर्काइएका चार जनामध्ये एक जना महोत्तरीका, एक जना नुवाकोटका र दुई जना दाङका हुन् ।

चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । तीमध्ये एक जनाले थाइल्याण्डमै स्नातक तहको अध्ययन गरी होटलमा रिसेप्सनिस्टको रूपमा कार्यरत थिए । उनले धेरै आम्दानीको प्रलोभनमा परी म्यानमार गएको दूतावाससँग बताएका छन् ।

उनीहरूले थाइल्याण्डमा डाटा इन्ट्रि अफिसरको रूपमा काम गर्ने भनेर नेपालबाट ल्याएको भए पनि थाइल्याण्ड आइपुग्नेबित्तिकै जबर्जस्ती म्यानमार पुऱ्याइएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...

: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...