। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए।
सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ । अवसर आउँछ ।’
विगतमा सोलुखुम्बुलाई विशेष रुपमा हेरेको भन्दै उनले भविष्यमा पनि हेर्ने आश्वासन दिए ।
संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको काखको जिल्ला भएकाले सोलुखुम्बुमा कसले जित्छ भनेर संसारको चासो रहेको प्रचण्डले बताए ।