मुख्य समाचार
आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन्
आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन्

। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन् ।

काठमाडौं–४ मा शनिबार चुनाव लक्षित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए ।


‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीभित्र यि सबै कुराहरू, चुनावको उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले छान्नुहुन्छ ।’

उनले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने पनि जिकिर गरे । ‘अब कसैले पनि पार्टी सभापतिको घर धाउनु पर्दैन । कसैले पनि पार्टी महामन्त्रीको घर धाउनु पर्दैन,’ थापाले भने ।


सभापति थापाले कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि अन्त्य भएको बताए । ‘यो पार्टीमा कुनै गुट पनि छैन अब । यो पार्टीभित्र हिजोको जस्तो ६०–४० पनि सकियो,’ उनले भने, ‘यहाँ कुनै भागबण्डा छैन । कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन । सबैलाई समान व्यवहार गर्ने गरीकन पार्टी चल्छ ।’

नागरिक र पार्टीका सदस्यलाई बलियो बनाउने अभियान पार्टीभित्र सुरू भएको भन्दै थापाले सभापतिको अध्याँरो कोठामा कसैसँग पनि अप्राकृतिक सम्बन्ध नहुनेमा जोड दिए ।

‘यो बदलिएको कांग्रेस हो । यहाँ कोहीसँग पनि पार्टी सभापतिको अध्याँरो कोठामा कोहीसँग पनि अप्राकृतिक सम्बन्ध हुँदैन । कोहीसँग हुँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौं मण्डिखाटारस्थित घरको झ्यालमा तोडफोड भएको छ । झ्यालको ग्रिल फुटाएको अवस्थामा देखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । ‘ग्रिल फुटेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘आफन्तले जानकारी गराएपछि हामीले थप अनुसन्धान सुरु गरेका छौं ।' चोरी गर्ने नियतले नै झ्यालको ग्रिल ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए। सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन् । आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न नहुने बताए । शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा- काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुले देशलाई विजयी बनाउनु हुनेछ, १६५ ...
। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए । उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ । यसका साथै होटल, ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन भनेको व्यक्तिको नभई राजनीतिक मुद्दाको अनुमोदन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सामाजिक सञ्जालको आडमा चर्चित भनिएका व्यक्तिलाई जनताले अनुमोदन गर्न नहुने बताए । ‘निर्वाचन भनेको राजनीतिक मुद्दाहरूबीचको प्रतिस्पर्धा हो । कुन राजनीतिक दलले कस्ता मुद्दा उठाएका छन् । मुद्दाका आधारमा कुनै पनि पार्टी नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम