: पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो। डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढेको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य यथावत् छ। यसैगरी निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ । त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ।